+
+
-- Sponsored Ad --

राप्रपा महाधिवेशन ४ दिन पर सर्‍यो

466 पटक हेरिएको
Clock २०७८ मंसिर २, बिहीबार १९:५८
-- Sponsored --

मंसिर २, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वनिर्धारित महाधिवेशन चार दिन पर सरेको छ ।

११ मंसिरमा काठमाडौमा हुने भनिएको राप्रपाको महाधिवेशन अब १५–१७ मंसिरमा हुने गरी सरेको हो ।

केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानका अनुसार अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसहितको बैठकले मिति सार्ने निर्णय लिएको हो ।

राप्रपा केन्द्रीय निर्वाचन समितिको मिति परिवर्तन गर्ने सिफारिस पछि उक्त निर्णयमा पुगेको राप्रपाले जनाएको छ ।

यसअघि राप्रपाको प्रदेश अधिवेशन पनि सरिसकेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win