+
+
-- Sponsored Ad --

चितवनमा जस्तै एमाले नवलपुरलेपनि घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै

417 पटक हेरिएको
Clock २०७८ मंसिर ५, आईतवार २०:४३
-- Sponsored --

मंसिर ५, नवलपुर। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् । जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो ।

नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडमा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताउनुभयो । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान शुरु गरिएको आचार्यले बताउनुभयो । अभियानको शुभारम्भ नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज तथा सङ्घीय सांसद तिलक महत क्षेत्रीले गर्नुभएको थियो ।

नगर कमिटी तथा वडा कमिटीहरुको भेला र बैठक बसेर निमन्त्रणा पत्र वितरणको काम सुरु गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले बताउनुभयो । प्रचार समितिले तयार पारेको निमन्त्रणा पत्रमा एमालेको कार्यकर्तालाई मात्रै नभएर पार्टीका शुभेच्छुक, शुभचिन्तक लगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको हो ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।मङ्सिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र पर्यटकीय नगरी सौराहामा हुने तय भएको एमालेले जनाएको छ ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win