+
+
-- Sponsored Ad --

एमाले महाधिवेशन: बिहानैदेखि मतदान जारी

402 पटक हेरिएको
Clock २०७८ मंसिर १४, मंगलवार ०७:३२
-- Sponsored --

मंसिर १४, चितवन ।। नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा मंगलबार बिहानबाट मतदान जारी छ।

राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो । पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन्। उनी अध्यक्षका उम्मेदवार हुन्। ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन्।

अध्यक्षका उम्मेदवार रावल लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए। यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ।

एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन्। सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो। एमालेको १०औँ महाधिवेशन १० मंसिरदेखि जारी छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win