+
+
-- Sponsored Ad --

गण्डकी आवसीय विद्यालयमा रासेद जुनियर डिभीजन क्याडेट ४७ औं ब्याचको शुभारम्भ

628 पटक हेरिएको
Clock २०७८ मंसिर १९, आईतवार १९:३८
-- Sponsored --

१९ मंसिर, कावासोती ।।
नेपाल सरकारको रास्ट्रिय कार्यक्रम अन्तरगत नेपाली सेना मध्य तालिम शिक्षालय हात्तिखोरको सहयोगमा गण्डकी आवासीय माध्यमिक विद्यालयमा रास्ट्रिय सेवादल एनसीसी जुनियर क्याडेटको विधिवत शुभारम्भ आज एक औपचारिक कार्यक्रमका बिच शुरु गरिएको छ । कार्यक्रममा मध्य तालिम केन्द्र हात्तिखोरका प्रमुख सेनानी रुपक कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो भने कावासोती नगर शिक्षा अधिकारी उपसचिव क्षेत्रबहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कानपा वडा नं. ८ का सदस्य देबीलाल पौडेल, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष वीरेन्द्र पराजली, जम. क्षितीज कुमार तामाङ , जम. गणेश न्यौपाने, अम. धन बहादुर राना, प्युठ राजाराम थापा, प्युठ ललित बस्नेत, मध्यबिन्दु स्काईलाइन एकेडेमीका प्रिन्सीपल युवराज गौतम लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नवलपुरका तिनवटा विद्यालयमा जुनियर क्याडेट र एउटा क्याम्पसमा सिनीयर क्याडेटको संगै शुरुवात भएको छ । प्रत्येक विद्यालय र क्याम्पसबाट अठार छात्र र अठार छात्राहरु तालिममा सहभागी हुनेछन् । उनीहरुले पैंतिस दिन विद्यालय र १५ दिन तालिम शिक्षालयमै गई विविध प्रतिस्पर्धात्मक क्रियाकलापमा भाग लिनेछन् । कार्यक्रममा सेनानी थापाले एनसीसीको औचित्यता र महत्को विषयमा प्रकाश पार्नुभएको थियो भने शिक्षा अधिकारी भण्डारीले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गण्डकी आवासीय विद्यालयका प्रधानाध्यापक जगत प्रसाद भट्टराईले गर्नुभएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win