शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्नुपर्छ : शिक्षा मन्त्री

२१ मंसिर, नवलपुर ।।प्रेम न्यौपाने  ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाइ सिकाइ सँग र सिकाइलाई उत्पादन सँग जोड्नुपर्ने बताउँनुभएको छ । मंगलबार सरस्वती नमुना माध्यमिक विद्यालय कावासोती ४ हँसौरा, नवलपुरको ४६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो कुरा बताउँनुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदैु कार्यक्रम विद्यालयहरुमा लागु गरी विद्यार्थीलाई विद्यार्थी जीवनबाटै उद्दमशीलता तर्फ प्रेरित गर्दै लैजाने योजना बनाएको बताउनुभयो । 

पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीहरुमा ब्यवहारिक र सीपमूलक ज्ञानको विकास हुने भन्दै मन्त्री पौडेलले यो कार्यक्रम हाल देशका निश्चित विद्यालयमा लागु गर्ने तयारी गरिएको र आगामी ३ वर्ष भित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशस्लागु गर्दै जाने बताउँनुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयतर्फ अभिभावकको आकर्षण बढ्दै जानु सुखद कुरा भएकोले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा सबै सरोकारवालाहरुले सार्बजनिक शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउँन समेत उहाँले आग्रह गर्नुभयो । 

सामुदायिक विद्यालयलाई व्यवस्थित र सुदृढीकरण गर्दै लैजाने मन्त्रालयको योजना अनुरुप मन्त्रालयले काम गरिरहेको छ, यसमा तपाइँहरुको महत्वपूर्ण साथ र सहयोग चाहिन्छु मन्त्री पौडेलले भन्नुभयो शिक्षकले चाहे शैक्षिक गुणस्तर सुधार गर्न सक्छन् , त्यसैले सक्षम जनशक्ति उत्पादन गर्न सक्ने गरि गुणस्तरीय सिकाइ क्रियाकलाप गर्नुपर्दछ ।

मन्त्री पौडेलले शिक्षकले आफ्ना अधिकारको खोजी गर्दै गर्दा आफ्नो कर्तव्यको पालना पनि सहि रुपले गर्नुपर्ने बताउँनुभयो । त्यस्तै मन्त्रालयले शिक्षक अस्पताल सन्चालनको प्रक्रिया अगाडि बढाउँने तयारी गरिरहेको बताउँदै मन्त्री पौडेलले विद्यालयमा कोभिडको संक्रमणको जोखिम लाई कम गर्न स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब छिट्टै १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै पुगेर कोभिड विरुद्धको खोप सन्चालन गर्ने बताउँनुभयो ।

यसैबीच मन्त्री पौडेलले नमुना विद्यालय कार्यक्रम अन्तर्गत विद्यालयमा निर्माण सम्पन्न भएको नवनिर्मित विद्यालय भवनको समुदघाटन समेत गर्नुभयो । 

वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा संघीय सांसद तिलक महत, गण्डकी प्रदेश सांसद विष्णु प्रसाद लामिछाने लगाएतले सम्बोधन गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद न्यौपानेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।