+
+
-- Sponsored Ad --

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

383 पटक हेरिएको
Clock २०७८ मंसिर २२, बुधबार ०७:१२
-- Sponsored --

२२ मंसिर, काठमाडौं ।।  बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ ।

बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ ।

बीबीसीले विश्वभरका महिलामध्ये हरेक वर्ष एक सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यो वर्ष सूचीमा परेकाहरूमध्ये सबैभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ, समोआकी प्रथम महिला प्रधानमन्त्री फियामे नाओमी मटाफा, भ्याक्सीन कन्फिडेन्स प्रोजेक्टकी प्रमुख प्राध्यापक हेइडी जे लार्सन, चर्चित लेखिका चिमामान्डा नगोजी अडिची लगायत रहेका छन् । 
 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win