+
+
-- Sponsored Ad --

माैसम पूर्वानुमानः देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह

326 पटक हेरिएको
Clock २०७८ मंसिर २६, आईतवार ०७:२१
-- Sponsored --

२६ मंसिर , काठमाडौं ।। पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ५.४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ। विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। ‘यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उनले भने।

जुम्लाको तापक्रम माइनस ४.७ डिग्री मापन भएको छ । त्यहाँ अधितम तापक्रम १५.९ डिग्री रहेको छ।

तराईमा पनि चिसो बढेको छ। तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो। धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम १०.३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ। विराटनगरको न्यूनतम तापक्रम ११.५ र अधिकतम २५.३ मापन भएको छ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुनसमेत अनुरोध छ,’ महाशाखाले भनेकाे छ।

आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ। दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ।

साेमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win