सम्पुर्ण रोगको जड असन्तुलित खाना ।
स्वामी ध्यान राज, काठमाडौँ । पृथ्वीमा मानिस एक मात्र यस्तो प्राणी हो, जसको के खाने, कस्तो खाने, कतिबेला खाने सब अनिश्चित छ । पृथ्वीमा अरु सबै प्राणीहरुको निश्चित समय हुन्छ, कति मात्रामा खाने, कस्तो खाने निश्चित हुन्छ।
समय अनुसार शिकार गर्छन्, मात्रा अनुसार खान्छन् । “बाधले घाँस खादैन” भन्ने उखानै छ । यसको मतलब बाघ मांशाहारी जनावर हो, उसले शाहाकारी भोजन गर्दैन । मानिस आफुलाई चेतनशिल प्राणी सम्झन्छ, तर आजसम्म छुट्याउन सकेको छैन, आँफु शाहाकारी हो वा मांशाहारी हो।
युरोपका प्रशिद्ध डाक्टर केनेथ वाल्करले आफ्नो आत्मकथामा लेखेका छन्, “मानिसले खाने आधा खानाले आफ्नो पेट भर्छन् र आधा खानाले डाक्टरको।” यसको मतलब हो, हामिले खाने खानाबाटै रोग निम्त्याएका छौँ । सम्पुर्ण रोगको जड नै हामिले गर्ने खानपिन हो । हामिले कस्तो भोजन गछौँ, त्यस्तै विचार, भावना पैदा हुन्छ । भोजनले शरिर मात्र होइन मन, बुद्धिलाई समेत प्रभावित गराउँछ ।
बुद्धिजीवी मानिसहरु अनेकथरी उपाय रच्छन् । कोहि भन्छन् “मानिस शाहाकारी जीव हो, कोहि भन्छन्–मांशाहारी पनि हो ।” यसको मतलब मानिसहरु आफ्नो व्यवसाय बढाउनकै लागि यस्ता तर्कहरु दिने गर्छन् । अझ मेडिकल माफियाहरुले त शुद्ध आर्गानिक खाना, हाम्रो भान्सामा पाक्ने भोजनलाई विस्थापित गरी प्याकिङ् खाना जुन बर्षौसम्म फ्रिजीङ् गरी राखिएको हुन्छ, त्यस्तो खानालाई विज्ञापन गरेर खानलाई प्रोत्साहित गरेका छन्।
अर्को रोचक कुरा त केछ भने विद्यालयका पूस्तकमा समेत जंगफुडहरुकै पाठ्यक्रम राखिन्छ । विहानको खाजा, ब्रेकफास्ट के खाने ? पुस्तकमा उत्तर राखिएको हुन्छ, ब्रेड, नुडल्स, विस्कुट इत्यादि, जुन कारखानामा बनाइन्छ, अनि प्याकिङ् गरी बर्षैसम्म बित्रिवितरण गरिन्छ ।
हाम्रो पाठ्क्रममा विहानको खाजा मकैको रोटि, जौको रोटि, मकै, भटमास हो भनेर किन पढाइन्न ? किनकी हामि विदेशी गुलामी मानशिकताबाट गुज्रिरहेका छौ। भारतमा इस्ट इन्डिया कम्पनीले छोडेर गएको पनि ७० बर्ष भन्दा धेरै भयो तर पनि त्यहि गुलामीको शिकार भारतियहरु छन् र हाम्रो शिक्षा प्रणाली देखि सामाजीक, राजनौतिक, आर्थिक गतिविधि भारत केन्द्रीत नै छ । यसको मतलब हामि पश्चिमाहरुको चंगुलमा छौँ ।
हाम्रो देशमा खानपान देखि लगाउने लुगा सम्म ब्रिटिसको जस्तै बन्दै गएको छ । युरोपमा बर्षमा करिब ८ महिना हिउँ पर्छ, त्यहाँको मौसम चिसो छ । त्यसैले उनिहरु सधै घाटिमा टाई बाध्छन् किनकी चिसोले सबैभन्दा छिटो असर गर्ने भनेको घाँटिमा हो। तर हामि उनिहरुको सिको गर्दै ३५ डिग्री गर्मीमा पनि टाई बाँधेर बजार घुम्छौ, यो जस्तो पागलपन के हुन सक्ला ? गर्मिमा कोट लगाएर आफुलाई भलादमी देखाउन खोज्छौँ, यो जस्तो मुर्खता अरु हुनै सक्दैन ।
युरोपमा जाडो छ, चिसो ठाउँमा बर्षौसम्म खानेकुरा राख्दा नबिग्रन सक्छ तर हामि त्यहि सिको गर्दै फ्रिजमा राखेर भएपनि महिनौसम्म त्यहि खाना खान्छौ । अचेल गाउँ, गाउँमा फ्रिज राख्ने प्रचलन छ । फ्रिज, एसी, पंखा भएन भने त्यो घरलाई निच, दरिद्र सोच्छौ, यो भन्दा दरिद्र मानशिकता अरु हुनै सक्दैन ।
यो त सामान्य उदाहरण मात्र हो, हाम्रो खानपान देखि, लगाउने लुगा, संस्कृती पश्चिमाहरुको जस्तो भैसकेको छ । हाम्रो पुर्विय संस्कृतीमा जन्मदिन भन्ने नै हुदैन । हामी बाहिरी भौतिक जगत्लाई भन्दा आध्यात्मिक जगत्लाई महत्व दिन्छौ । मानिसको भौतिक शरिर परिवर्तन भएपनि हाम्रो अस्तित्व (आत्मा) एउटै हो, न यो जन्म लिन्छ न मर्छ यो सदा भैरहने छ ।
तर हामि पश्चिमाहरुले जे गरेपनि बैज्ञानिक कारण छ भन्दै प्रत्येक बर्ष जन्मदिन मनाउने, लाखौ खर्च गर्ने, मदिरा, मंश सेवन गर्ने प्रवृती छ । हुनत हाम्रो आत्मालाई भौतिक स्वरुप दिने, शरिर जन्मेको दिन सम्झनु राम्रो होला तर हामिले जुन संस्कतीले जन्मदिन मनाउछौ र जुन चिजहरु खान्छौ यसले हाम्रो शरिरलाई फाइदा नगरेपनि पश्चिमाहरुको चिकिस्सा विज्ञानको फाइदा भने पक्कै गर्छ ।
हाम्रो बिरामीको जड भनेको खाना नै हो, यसमा दुइ मत छैन । हाम्रो पुर्विय दर्शनले सात्वीक, राजशिक, र तामशिक गरी तिन प्रकारमा भोजनको वर्गिकरण गरेको छ । सात्वीक भोजनले हाम्रो शरिर, मन, बुद्धिलाई स्वस्थ, शान्त बनाउन सहयोग पु¥याउँछ । सात्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसित हुन्छन् ।
परिश्रम पूर्वक आफनै धनद्धारा ल्याएका पवित्र खादयपर्दाथहरु सात्विक भोजनमा पर्दछन् । गाईको दुध र गाईको दुधबाट बनेका सबै परिकारहरु घ्यु, गहुँ, चामल जौ, मुग, हरियो पात भएको साग, घिरौला, लौका, आदि सात्विक भोजन अन्तर्गत पर्दछन्।
राजसी भोजनले एकोहोरोपन जस्ता गुणमा वृद्धि हुन्छ । तीतो अमिलो, नुनिलो , धेरै तितो , पिरो, रुक्ष डाहावाला, मसालेदार , अचार आदि राजसी भोजनमा पर्दछन् । बजारबाट फल तथा अन्नहरु पनि राजसी हुन्छन् । किनकी तिनिहरु बिक्रि गर्नैका लागि रसायनिक मल, बिसादी हालेर उत्पादन गरिएका हुन्छन्।
तामसिक भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ । अरुलाई दुःख दिएर आर्जन गरेको धन तामसिक धन हो । अरुलाई दुःख दिएर कमाएको सबै कुरा तामसी नै हुन्छन् । माछा–मासु जाँड, रक्सी, तमाखु , गुडका अण्डा बासी भोजन तितो पिरो टर्रो , दुर्गन्ध युक्त किराले खाएको खानेकुरा जुन प्याकिङ् गरेर बजारमा आएको हुन्छ ।
यी भोजनहरुमा सबैभन्दा उत्तम भोजन सात्वीक भोजन हो । र हाम्रो पुर्विय दर्शनमा यसै भोजनमा जोड दिएको छ तर आजकल हामीले राजसीक र तामसिक भोजलाई जोड दिन्छौ ।
उपचार गर्न भन्दा रोग लाग्नै नदिनु उत्तम हो । हाम्रो पुर्विय दर्शनमा यसैको आधारमा आयुर्वेदको जन्म भएको हो । रोग लाग्ने सबैभन्दा ठुलो कारण हाम्रो भोजन प्रणाली हो, त्यसैले खानपानमा ध्यान दिनु आवश्यक छ । भोजन सात्वीक भने भयो भने हाम्रो मन, बद्धि शान्त हुन्छ र मन शान्त भयो भने आनन्द र स्वस्थ रहन सकिन्छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश