काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ७२ जनामा गरिएको परीक्षणपछि १ सय ८१ जना संक्रमित थपिएका हुन्।

यस्तै आज २ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ७१ जना सक्रिय संक्रमित छन्।