+
+
-- Sponsored Ad --

विलासी सामानको आयातमा कडाइ, कुन-कुन सामानकाे आयात निरुत्साहन गर्दैछ राष्ट्र बैंक?

624 पटक हेरिएको
Clock २०७८ पुष ६, मंगलवार ०७:०१
-- Sponsored --

एन सञ्चार, पौष ६, काठमाडौं ।। नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ। सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो। 

निर्देशनमा चिनी/चकलेट, ल्वाङ,  मिनरल वाटर, मदिरा/भिनागर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमुल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ। 

निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। 

यसैगरी विद्युतिय बाहेकका गाडी र मोटरसाइकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ। उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याजसमेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा छ। 

आयातलाई निरुत्साहित गर्नका लागि राष्ट्र बैंकले कडाइ गरेको हो। 

उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। यसअघि पनि राष्ट्र बैंकले चाँदी आयात कडाइ गर्न सीमा तोकेको थियो।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win