कावासोती , पुस ११ :  मध्यविन्दु उद्योग वाणीज्य संघको आयोजनामा पुस १४ देखि २४ गते सम्म दोस्रो मध्यविन्दु महोत्सव–२०७८ आयोजना हुने भएको छ ।
May be an image of 8 people and people sitting
आज संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पुस १४ देखि २४ गते सम्म दोस्रो मध्यविन्दु महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष केदार प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
May be an image of 4 people and people standing
आफ्नै बिशिष्ट पहिचान रहेको मध्यविन्दु नगरपालिकामा पर्यटन तथा व्यपार बृद्धिको लागि महोत्सव आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
May be an image of 7 people and people standing
उहाँका अनुसार महोत्सवमा विभिन्न भेषभुषा, भाषाभाषी, रहनसहन, कला, संस्कृति सहित स्थानीय आदिवासी जनजातीका समुदायको परिचय झल्कने घर, नाचगान, संगै जातिय खानाका परिकारहरुको व्यवस्थापन गरिनेछ ।
May be an image of 5 people and people standing
२५० वटा व्यापारीक तथा सेवा मुलक स्टल रहने महोत्सवमा साथै बाल मनोरञ्जनका लागि बाल उथान तथा डुंङ्गा सयरको व्यवस्था समेत गरेको उहाँले बताउनुभयो ।
May be an image of 8 people, people sitting and people standing
करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको संघका महासचिव चेतन पौडेलले जानकारी दिनुभयो ।
May be an image of 7 people, people sitting and people standing
महोत्सवमा विभिन्न व्यावसायिक तथा कृषि उत्पादनको प्रदर्शन गरी व्यावसायिक वातावरण तयार गर्ने साथै  कोभिड–१९ को कारणले निष्कृय भएको व्यापारीक गतिविधीमा गतिशिलता ल्याउने उदेश्य राखिएको पौडेलले बताउनुभयो ।
May be an image of 4 people, people standing and people sitting
महोत्सवबाट युवा उद्यमशिल बनाउने अभियानको थालनीका साथसाथै संस्थागत विकास भई बेरोजगार युवाहरु स्वरोजगार बन्ने अवसरको थालनी हुने, लोपोन्मुख मौलिक कला र संस्कृतिको व्यवसायिक तथा संस्थागत विकास भई संरक्षणमा टेवा पुग्ने, सांस्कृतिक पर्यटन विकासको नयाँ अभ्यास थालनी हुनुको साथै मौलिक कला र संस्कृतिको बारेमा जानकारी हुने अपेक्षा आयोजकको रहेको पौडेलले बताउनुभयो ।
May be an image of 4 people, people sitting and people standing
महोत्सवको आकर्षणको रुपमा नेपालको मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ झल्काउने विविध झाँकी सहितको बृहत शोभायात्रा, दोस्रो मध्यविन्दु डान्स आइडल २०७९ को विशेष प्रस्तुती, स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी, स्थानीय राष्ट्रिय एवम् अन्तराष्ट्रिय उत्पादित बस्तुतथा सेवाको प्रदर्शनी, आदिवासी जनजाती एवं विभिन्न जातिगत मौलिक झाँक्री, कला, संस्कृति भेषभुषा आदिको प्रदर्शनी, मनोरञ्जनका लागि बाल उद्यान, दुग्धजन्य पदार्थ प्रविधिको प्रदर्शनी तथा हस्तकला प्रदर्शन, विभिन्न जनजातिका मौलिक खाना तथा अन्य परिकारहरु र स्वदेशमा उत्पादित आधुनिक खानाका परिकारहरको सँगालो खाना महोत्सव हुने आयोजकले जनाएको छ ।
May be an image of 4 people and people sitting
समाचार श्राेतः रेडियाे कावासाेती