खगेन्द्र पराजुली,

नवलपुर, पुस १३ । हुप्सेकोट गाउँपालिका वडा नं. ६ का बिद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयमा खेलकुदका सामग्री वितरण गरिएको छ ।

 

आज मंगलवार हुप्सेकोट माविमा आयोजित एक कार्यक्रमकाबीच वडाभित्रका १२ वटा बिद्यालयका बिद्यार्थी र बिद्यालयलाई ति सामग्री वितरण गरिएको हो । प्रदेश सांसद विष्णुप्रसाद लामिछानेको संसद बिकास कोषको आर्थिक बर्ष २०७७–०७८ को विनियोजित रकमबाट सामग्री बितरण गरिएको हो ।

 

हुप्सेकोट गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष थामबहादुर सोमैको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रमा प्रमुख अतिथिका रुपमा  प्रदेश सांसद विष्णु प्रसाद लामिछाने रहनुभएको थियो । प्रमुख अतिथिका रुपमा रहनुभएका प्रदेश सांसद लामिछानेले विकास निर्माण तथा शैक्षिक उन्नयनका बिषय राजनैतिक एजेण्डा भन्दा माथी हुने भएकाले यस्ता विषयमा सवै राजनैतिक दल र समुदाय एकैठाउँमा रहेर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । वहाँले सवै बालवालिकालाई शिक्षाको समान पहुँचमा पुर्याउनु आजको आवश्यकता र जिम्मेवारी पनि भएकाले गण्डकी प्रदेश सरकार यस विषयमा सकारात्मक रहेको बताउनुभयो ।

 

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सचिव गोपाल बस्ताकोटी, हुप्सेकोट नेका सभापति बलबहादुर राना वडा नं. ५ का वडासदस्यहरु, नेकपा एमालेका वडा प्रतिनिधि यमबहादुर सोती, दानबहादुर राना, अन्य पार्टीका प्रतिनिधि लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७ लाख रुपैंया बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको जनाईएको छ ।