गैडाकोट असार ०६ ।समाजसेवी बुद्धिबहादुर कुँवर र टीका कुँवर दम्पतीका सन्ततिहरू सलुजा, रेणुका, संगिता र महेश कुँवरले गैँडाकोट १ मा रहेको अपाङ्ग विकास संस्था र चितवन देवघाटमा रहेको रामजानकी आश्रमका असह्याय बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोभिड १९ को विषम अवस्थामा अनाथ बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले सो सहयोग उपलब्ध गराइको जानकारी सलुजा कुँवरले दिनुभएको छ । दुवै आश्रम बालबालिकाका लागि ३ क्वीटल चामल, २५ केजी दाल, २० लि तेल, १० केजी च्यूरा, १०केजी नून, ६ केजी च्यूरा, चाउचाउ, माक्स, स्यानेटाइजर र प्याड लगायतका सामग्री रामजानकी आश्रमका कोषाध्यक्ष गोविन्द पौडेल र अपाङ्ग जीवन विकास संस्थाका सन्चालक बालकृष्ण सापकोटालाई प्रदान गरिएको जानकारी लोकबहादुर कुँवरले दिनुभयो । सो सामग्री परिवारका जेष्ठ सदस्य डम्बरबहादुर कुँवरद्धारा प्रदान गरिएको हो । कार्यक्रमको संयोजन गोविन्द रिमालले गर्नुभएको हो
नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु
चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…
विस्तृत.....