+
+
-- Sponsored Ad --

राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख २२ हजार २२२ राशिकाे ‘श्रीपति समाजसेवा’ पुरस्कार

609 पटक हेरिएको
Clock २०७८ पुष १८, आईतवार ०७:३५
-- Sponsored --

एन सञ्चार, १८ पुषः विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले पुरस्कार प्रदान गरे।

उपकुलपति गुरुङले व्यक्ति मर्यादित भए समुदाय मर्यादित हुने र समुदाय मर्यादित भए राष्ट्र मर्यादित हुने बताए। श्रीपति कोइराला गुठीले धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरे। सम्मानित संस्था आविष्कार केन्द्रका प्रमुख पुनले देशको अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए। उनले सबै नेपालीले सिर्जनशीलतामा जोड दिनुपर्ने र प्रविधिको विकासका लागि अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए। 

केन्द्रको उद्देश्य प्रतिभा खोजेर अनुसन्धानमार्फत सिर्जना गर्ने र सिर्जनालाई उत्पादनसँग जोडेर देशमा समृद्धि ल्याउने रहेको स्पष्ट पारे। सो अवसरमा विद्यार्थी र विभिन्न समाजसेवीहरूलाई श्रीपति शिक्षा पुरस्कार र श्रीपति विद्या पदकद्वारा विभूषित गरिएको संस्थाका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए।

नेपालभर मानवीय एवं स्वयंसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपदमा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थाहरू मध्यबाट पुरस्कार छनोट नियमावलीका आधारमा छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिँदै आइएको सो संस्थाले जनाएको छ।

विसं १८६४ असार २७ गते पोखरा–४ गैहपाटनमा जन्मिएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गरेका थिए। उनीबाट स्थापित दुवै गुठीलाई उनका सन्तानबाट निरन्तर समाजसेवाका गतिविधिमार्फत सञ्चालन भइरहेका छन् । 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win