+
+
-- Sponsored Ad --

चिसो बढ्दै गएपछि धमाधम विद्यालय बन्द गर्दै तराईका स्थानीय तहहरू

392 पटक हेरिएको
Clock २०७८ पुष २१, बुधबार ०७:०९
-- Sponsored --

एन सञ्चार, २१ पुषः

केही दिनदेखि बढेको चिसो र शितलहरका कारण प्रदेश २ मा केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालय बिदा दिएका छन्।

धनुषाका विभिन्न ३ वटा स्थानीय तहहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन्। बढ्दो चिसोलाई मध्यनजर गर्दै उनीहरूले विद्यालय बिदा दिएका हुन् । 

त्यसैगरि, पर्साका पनि विभिन्न ३ वटा स्थानीय तहले चिसोकै कारण विद्यालय बिदा दिएको छ। पर्सा जिल्लाका ठोरी, धोबिनी र जिराभवानी गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयलाई बिदा दिएको छ। चिसोका कारण पुस २४ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गराएको छ।

अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि विद्यालयहरूमा बालबालिकाको संख्यासमेत कम हुन थालेपछि मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालयहरूको पठनपाठन बन्द गराएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले बताए। 

लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले मंगलबारदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय भएको बताए। धनुषाका नगराइन नगरपालिकाले भने मंगलबारदेखि ५ दिनसम्मका लागि विद्यालय बन्दको निर्णय गरेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win