गाईलाई राष्ट्रिय जनावर घोषणा गर्दै भारत, संरक्षण गर्न उच्च अदालतको आदेश ।
एजेन्सी। भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि अदालतले आदेश दिएको छ ।
देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्नुपर्ने उच्च अदालतको आदेशमा भनिएको छ ।
गौहत्याको आरोप लागेका जावेद नामका ब्यक्तिको मुद्दाको सुनुवाईका क्रममा इलाहावाद उच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो ।
साथै सो अदालतले गौहत्याको आरोप लागेका ती ब्यक्तिलाई जमानतमा रिहा गर्न पनि अस्वीकार गरेको छ । सो अदालते गाई खान पाउनुपर्छ भन्ने विषय कसैगरी पनि मौलिक अधिकार हुन नसक्ने ठहर गर्दै मार्ने भन्दा बचाउने अधिकारको संरक्षण हुनुपर्छ भनेको छ ।
हिन्दूले मात्रै नभई मुस्लिमहरुको शासनकालमा समेत भारतमा गाईको महत्व स्वीकार गरिएको भन्दै आदेशमा गौहत्यालाई कुनै पनि बहानमा जायज मान्न सकिदैन भनिएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले