मौरिसससँग नेपालले दुवै खेल दशरथ रंगशालामा खेल्ने

एन सञ्चार, २१ पुषः

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने भएको हाे। यसअघि दुवै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौंमै संचालन गर्ने निर्णयमा पुगेको हो।

दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साेमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरि दुई मैत्रीपूर्ण खेल खेल्दैछ। मौरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीको सूचीः
किरणकुमार लिम्बु (गोलकिपर), दिप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), सत्रुघन चौधरी (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, विमल घर्तीमगर, बिशाल राई, दर्शन गुरूङ, देबेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डांगी, नविन गुरूङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरूङ, सुदिप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशिल राई र तेज तामाङ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार २१:०६
    • 74 views
    नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

    कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:१२
    • 21 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *