
इन्टरनेट प्रयोग गर्दा तथा सामाजिक सञ्जालमा गोपनियता अपनाउन के कस्ता सुरक्षाका उपायहरु अपनाउन आवश्यक छ? अहिले धेरैले फेसबुक, ट्वीटर, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जलामा अधिकांश समय बिताइरहेका छन् । यसकारण त्यस्ता सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा चलाउने भन्ने विषय हाम्रा लागि महत्वपूर्ण हन्छ । किनभने सामाजिक सञ्जालसँग तपाईंको परिचयसमेत जोडिएको हुन्छ ।
यदि कसैले तपाईंको सामाजिक सञ्जालमा पहुँच पाएको खण्डमा त्यसले तपाईंको जीवनमा पार्नसक्ने क्षतिको आँकलन गर्न जरूरी छ । यसैबीच दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिएको छ ।
कसरी सुरक्षित रहने?
छुट्टाछुट्टै सामाजिक सञ्जाल (जस्तै: Facebook, Twitter ) को आफ्नो खाता (Account) का लागि छुट्टाछुट्टै तथा बलियो पासवर्ड राखौं ।
सामाजिक सञ्जालको आफ्नो डिजिटल खाता (Digital Account) लाई सुरक्षित राख्न Multi-Factor Authentication (Two Factor Authentication. Mobile Number, OTP, Fingerprint इत्यादि) को प्रयोग गरौं ।
सामाजिक सञ्जालको आफ्नो खाता Recovery को लागि Recovery Email तथा Mobile Number को प्रयोग गरौं ।
सकेसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो उपकरण (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याब्लेट) को प्रयोग गरौं । आफ्नो व्यक्तिगत डिभाइसहरु (ल्यापटप, मोबाइल आदी) लाई पासवर्ड, Pattern वा Finger Print (Biometric) बाट Lock गरौं ।
सामाजिक सञ्जालको प्रयोग गरिने उपकरण (मोबाइल, ट्यावलेट) हराउँदा सामाजिक सञ्जालको खाताको पासवर्ड तुरुन्तै परिवर्तन गरौं ।
प्रत्येक सामाजिक सञ्जालमा Privacy Setting को Feature हुने भएकाले त्यसको प्रयोग गरी कुन कुन विवरणहरु सार्वजनिक गर्ने/नगर्ने Customize / Configure गरौ । जस्तैः Facebook मा आफ्नो email तथा phone number देखाउने वा लुकाउने । सकेसम्म आफ्नो व्यक्तिगत विवरण जस्तै: Home Address, Phone Number इत्यादि सामाजिक सञ्जालमा नराखौं ।
सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत संवेदनशील फोटो, User Name and Password, बैंकको क्रेडिट कार्ड नम्बर, पिन कोड, नागरिकता नम्बर लगायतका Personally Identifiable Information (PII) हरु शेयर नगरौं ।
कुनै पनि सन्देश, फोटो पोष्ट गर्दा सचेत रहाैं । (जस्तै: आफू कहाँ जाँदैछु के गर्दैछु, कोसँग छु जस्ता विवरणको अरुले गलत फाइदा लिन सक्छन् ।)
फोटो पोष्ट गर्न कसैले दबाब दिन्छ भने अस्वीकार गर्ने । आवश्यक परेको खण्डमा सामाजिक सञ्जालमा भएका नराम्रा साथीहरु (असहज क्रियाकलापहरु देखाउने) लाई ब्लक वा साथिको सूचीबाट हटाऔं ।
सकेसम्म अपरिचित व्यक्तिको Friend Request Accept नगरौं । गर्ने परे उक्त व्यक्तिले गरेको पोस्ट, व्यक्तिले राखेको विवरणलाई राम्ररी विचार गरी पहिचान गरी मात्र सामाजिक सञ्जालमा Friend Request Accept गरौं ।
सामाजिक सञ्जालमा साथीहरुले शेयर गरेको लिंक तथा Attachment लाई सही पहिचान गरेर मात्र Click/Open गरौं । उक्त लिंक तथा Attachment शंकास्पद लागेमा नखोलाैं ।
सामाजिक सञ्जालमार्फत प्राप्त हुने पुरस्कार (Prize), उपहार (Gift), चिट्ठा (Lottery) लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाईएको संदेश, फोन कल लगायतलाई Reply/Response नगरौं ।
सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुर्व्यवहारसँग सम्बन्धित केही असहज गतिविधिको महसुस गरेको खण्डमा अथवा घटना भएको खण्डमा प्रमाण संकलन गरी प्रहरीमा उजुरी गरौं ।