+
+
-- Sponsored Ad --

जेसीजको पदहस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा लोहनी

391 पटक हेरिएको
Clock २०७८ पुष २२, बिहीबार १५:५९
-- Sponsored --

देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं १६ मा अवस्थित रजहर जेसीजको ७ औ पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।बुधवार एक कार्यक्रमको आयोजना गरी सो पदहस्ता्रन्तरण कार्यक्रम सम्पन्न गरीएको हो । रजहरमा रहेको धुसेरी सामुदायिक वनको सभाहलमा कार्यक्रमको आयोजना गरी रजहर जेसिज वर्ष २०२१ ले बर्ष २०२२ लाई पदहस्तान्तरण गरेको हो।

No description available.कार्यक्रमको अध्यक्षता रजहर जेसिज बर्ष २०२१ का अध्यक्षय राजु केसीले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी रहनुभएको थियो । उक्त कार्यक्रममा रजहर जेसीज वर्ष २०२२ का अध्यक्ष इश्वर लोहनीलाई बर्ष २०२१ का अध्यक्ष राजु केसीले गलामा रहेको जेसीज चेन साथै अध्यक्षको पद हस्तान्तरण गर्नुभएको थियो ।

No description available.

त्यस्तै २०२२ का लागि उपाध्यक्षमा प्रेमध्वज जि.सी, यमनाथ गौतम, अनिल न्यौपाने, जिवन शर्मा पौडेल, कार्यकारिणी उपाध्यक्षमा विन्दु क्षेत्री, रमेश तिमल्सेना सहित अन्य पदका लागि समेत चयन भएका छन भने रजहर जेसीजको उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, सचिव,सह कोषाध्यक्षका लागि चयन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका भण्डारीले जेसीज भनेको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था रहेकोले आगामी दिनहरुमा युवा, युवतीहरुलाई नया सोचका साथ अगाडी बढाउन सुझाव दिनुभयो ।

No description available.कार्यक्रममा समाज सेवी, विशिष्ट व्यक्ति, विभिन्न विद्यायलयका प्रधानध्यापकहरु, संघ संस्थाका प्रतिनिधि, राष्ट्रिय उपाध्यक्ष योगिराज अधिकारी, राजन गौतम, अध्यक्ष प्रेस सल्लाहकार हरीस भट्ट, देवचुली १६का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, रजहर जेसीजका संस्थापक अध्यक्ष सुलोचना कुवर जि.सी , देवचुली जेसीज, नवलपुर जेसीज, गैडाकोट जेसीज लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रजहर जेसिजका दुर्गा काफ्लेले गर्नुभएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win