+
+
-- Sponsored Ad --

वडाध्यक्ष ज्ञवालीले गरे परिश्रमको भत्ताबाट आमा समुहहरुलाई रकम हस्तान्तरण

1,290 पटक हेरिएको
Clock २०७८ पुष २३, शुक्रबार १५:२४
-- Sponsored --

देवचुली, माधब सुवेदी

गैडाकोट नगरपालीका वडा नं १६ का वडाध्यक्ष गोवर्धन ज्ञवालीले १० वटा आमा समुहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । सोहि वडाका प्रत्येक आमा समुहहरुलई १० हजारको दरले आफ्नो परिश्रमको भत्ताबाट व्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो ।

No description available.शुक्रबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष ज्ञवालीले यसभन्दा पहिले पनी विद्यालय, आमा समुह लगाएत धेरैलाई परिश्रमको भत्ताबाट सामाजीक काममा लगानी गर्ने समेत नगरपालिको पहिलो बोर्ड बैठकमा समेत कुरा उठाएको बताउदै अहिले सोहि क्षेत्रमा सहयोग गरेको बताउनुभयो ।

No description available.वडाध्यक्ष ज्ञवालीले अमर ज्योती मा.वि लाई कम्यूटर सहित कुर्सी, दुर्गा मन्दिरलाई पंखा, बाल उदय मा.विमा १ लाख बराबरको आमा र बुबाको नाममा अफिस कोठा, अरोमा कलेजमा पढ्ने गरीब दुखी विद्यार्थीहरुलाई समेत पढ्नको लागी ५ लाखको अक्षय कोषको सहयोग कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीलले परिश्रमको भत्ताबाट व्यक्तिगत रुपमा जनतालाई सहयोग गरेतापनि विभिन्न आरोप प्रत्यारोप आउने गरेको बताउनुभयो ।

No description available.वडा अध्यक्षले आमा समुहरुलाई रकम प्रदान गरेको भन्दै आमा समहहरुले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा समाजसेवी, बुद्दीजिवी, शिक्षक, शिक्षिका, सहभागीता,आमा समुहहरुको समेत सहभागिता रहेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win