+
+
-- Sponsored Ad --

भारतमा तीस गुणाले बढ्यो संक्रमण, गंगामा स्नान गर्न लाखौंको भिड

613 पटक हेरिएको
Clock २०७८ माघ २, आईतवार ०९:३४
-- Sponsored --

एन सञ्चार, माघ २ः  भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ। तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइँदैन। 

कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् । हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुन्य प्राप्त हुन्छ भन्ने विश्वास छ। 

शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो। उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन्। भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन्। कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कर्फ्यु लगाइएका छन्। 

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ।एजेन्सी

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win