+
+
-- Sponsored Ad --

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

362 पटक हेरिएको
Clock २०७८ माघ ७, शुक्रबार २१:००
-- Sponsored --

काठमाडाैं : स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री देउवाले  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाएका हुन्। स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग छलफल गरेका थिए। त्यसअघि शुक्रबार सत्तारुढ दलकाे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेकाे थियाे।

बैठकले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयाेग र कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेकाे थियाे।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win