+
+
-- Sponsored Ad --

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ

781 पटक हेरिएको
Clock २०७८ बैशाख ३०, बिहीबार ०७:४८
-- Sponsored --

पोखरा,  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनभएको छ । ठूलो पार्टीको हैसियतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई नियुक्त गर्नुभएको हो ।

उहाँलाई आजै सपथ दिलाइएको छ । बहुमतको सरकारकालागि आह्वान गरिएको समयभित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गर्नुभएको हो । यसअघि, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी चार दलको गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाएको थियो ।

 

कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, राष्ट्रिय जनमोर्चाको ३, जसपाको दुई संख्याको समर्थन रहेको भन्दै २९ जनाको हस्ताक्षर सहितको दाबी पेश गरेको थियो ।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापा र खिमबिक्रम शाही तटष्ठ बसेपछि गठबन्धनलाई हस्ताक्षर नपुगेको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win