+
+
-- Sponsored Ad --

ओमिक्रोनपछि कोरोना महामारी नै अन्त्य हुन्छ : डब्लूएचओ

455 पटक हेरिएको
Clock २०७८ माघ १०, सोमबार १४:२४
-- Sponsored --

काठमाडौँ । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा नै कोरोना महामारी चाँडै अन्त्य हुने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का युराेप क्षेत्रीय निर्देशकले हान्स क्लुगले कोरोना महामारीलाई यस ओमिक्रोन भेरियन्टले नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘ओमिक्रोन भेरियन्टले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ ।’ यद्यपि आगामी मार्च महिनासम्म ओमिक्रोनबाट युरोपका ६० प्रतिशत जनता संक्रमित हुने समेत उनको भनाई थियो । यसपछि महामारी साम्य हुनसक्ने उनले विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय कोरोनाविरुद्धको खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको र भाइरस कमजोर हुँदै गएकोले महामारी अन्त्यको चरणमा पुगेको बताए । यसै साल सन् २०२२ को अन्त्यसम्म महामारी शान्त हुन सक्ने उनको भनाइ थियो ।

यसैगरी अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि पछिल्लाे समय कोराेना संक्रमण दर घट्दो क्रममा रहेकाे भन्दै अब कोरोना महामारी विश्वभर घट्दै जाने विश्वास व्यक्त गरेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win