Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
गैडाकोट १३ र १६ जोड्ने बेल्डिया खोलामा मोटरेवल पुल निर्माण हुदै । गैडाकोट १३ र १६ जोड्ने बेल्डिया खोलामा मोटरेवल पुल निर्माण हुदै । - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

गैडाकोट १३ र १६ जोड्ने बेल्डिया खोलामा मोटरेवल पुल निर्माण हुदै ।

1,485 पटक हेरिएको
Clock २०७८ माघ १३, बिहीबार ०९:२५
-- Sponsored --

एन सन्चार , १३ माघ, नवलपुर :   गैडाकोट नगरपालीका १३ र १६ नम्वर वडा जोडने मोटरेवल पुल निर्माण हुने भएको छ । साविकको मुकुन्दपुर र अमरापुरी क्षेत्र जोड्ने बेल्डिया खोलामा उक्त पुल निर्माण हुन लागेको हो ।


गैडाकोट नगरपालीका वडा नम्वर १३ का वडाध्यक्ष पदम पौडेल नेतृत्वको टोलीले उक्त क्षेत्र अवलोकन गरि पुल निर्माण अत्यावस्क रहेको महसुस गर्दै नेपाल सरकार सग पुल निर्माणका लागी वजेट विनियोजन तथा सम्योजनका लागी माग गरी पुल महासंघ सगको समन्वयमा उक्त पुल निर्माण हुने तयारीमा पुगेको गैडाकोट १३ का वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

भिडियाे हेर्नुस ।


विगत वेल्डिया खोलामा पुल नहुदा स्थानियहरुले सास्ती खेप्नुपरेको र कयौले वर्षातको समयमा खोलामा वगेर ज्यान समेत गुमाउनुपरेका अवस्थालाइ मध्यनजर गर्दै सो क्षेत्रमा पुल अत्यावस्यक रहेकोले पुल निर्माणलाइ मुख्य प्राथमिकतामा राखीयको समेत वडाध्यक्ष पौडेलले वताउनुभयो ।


उक्त पुल निर्माण भैसकेपछि गैडाकोट १३ र १६ नम्वर वडाका करिव १२ देखी १५ हजार घरपरिवार लाभान्वित हुने अपेक्षा गरियको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र मर्हजनका अनुसार नेपाल सरकारको ५ करोड १७ लाख लगानीमा २ वर्षमा निर्माण सक्ने गरि हिमसगरमाथा र देवचुली जे भि कम्पनी सग सम्झौता गरि पुल निर्माण सुरु गरियको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win