+
+
-- Sponsored Ad --

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

468 पटक हेरिएको
Clock २०७८ माघ १४, शुक्रबार १३:२९
-- Sponsored --

काठमाडौं । मध्य अमेरिकी राष्ट होण्डुरसमा शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बन्नुभएको छ । लिब्रे पार्टीकी ६२ वर्षया कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाउनु भएको छ । गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती थपिरहेका बेला कास्त्रोले शपथ लिनुभएको हो ।

शपथ समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा हुनुहुन्थ्यो । उहाँलाई कु मार्फत सत्ताबाट हटाइएको थियो । कास्त्रोले गत नोभेम्बरमा भएको निर्वाचनमा विजयी हुनुभएको थियो । त्यसअघि दुईपटक निर्वाचन लडे पनि उहाँ पराजित हुनु भएको थियो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win