चितवनमा संक्रमितको संख्या बढ्दै

चितवनमा केही दिनयता संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिकका चितवनमा असार १० गते यता सक्रिय संक्रमितको संख्या बढेको देखिएको हो ।

चितवनमा असार १० गते सक्रिय संक्रमितको संख्या १०४६ रहेको थियो । यस्तै, असार ११ गते १०२३, १२ गते १०२६, १३ गते १०१४ जना सक्रिय संक्रमित रहेका थिए । असार १४ गते संक्रमितको संख्या बढेर १०८७ पुग्यो भने आज असार १५ गते यो संख्या बढेर ११३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनमा मंगलबार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित चितवनमा १६ हजार १८२ जना संक्रमित भएका छन् । जसमध्ये १४ हजार ७६१ जना निको भइै घर फर्किएका छन् । चितवनमा मंगलबार एक जनाको मृत्यु भएको छ । योसहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८२ पुगेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *