+
+
-- Sponsored Ad --

नवलपुरमा सुन्तला उत्पादन कमी ।

549 पटक हेरिएको
Clock २०७८ माघ १४, शुक्रबार १७:४३
-- Sponsored --
ज्ञानु पंगेनी, कावासोती , माघ १४ :  नवलपरासी पूर्व (नवलपुरमा ) यस वर्ष सुन्तला उत्पादनमा कमि आएको छ ।
सुन्तला फूल खेल्ने बेलामा असिना परेका कारण र दाना बढ्ने बेलामा लामो समय पानी नपर्दा सुन्तला उत्पादनमा कमि आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल – जोन कार्यक्रम नवलपरासी पूर्वका वरिष्ठ कृषि अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।
 
वरिष्ठ कृषि अधिकृत शर्माका अनुसार यस वर्ष सुन्तलामा २५ प्रतिशतले उत्पादनमा कमी आएको छ । यस वर्ष ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको शर्माले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा एक हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तलाजात फलफूल जाने कार्यक्रम मार्फत् सुन्तला बगैँचाको क्षेत्र बिस्तारको कार्यक्रम समेत भएको छ ।
 
जिल्लामा ७ सय हेक्टर क्षेत्रफलमा सुन्तलाजात फलफूल खेती गरिएको छ । तर, १०० हेक्टर क्षेत्रफल मात्रै उत्पादनशिल रहेको वरिष्ठ कृषि अधिकृत शर्माले जानकारी दिनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट करीब ५ करोडको कारोवार भएको वरिष्ठ कृषि अधिकृत शर्माले जानकारी दिनुभयो । गत वर्ष ८ करोड रुपैयाँ बराबरको आम्दानी भएको थियो ।
 
यस वर्ष किसानले सुन्तलाको मुल्य राम्रो पाएका छन् । सुन्तलाको मुल्यमा खासै गिरावट आएको छैन् । यस वर्ष सरदर ९० देखि १५० रुपैयाँ प्रति किलो किसानले सुन्तला बिक्री गरेको शर्माले जानकारी दिनुभयो । सुन्तलाको मुख्य बजार स्थानीय कावासोती , देवचुली , चोरमारा , डण्डा , अरुणखोला तथा चितवन रहेको छ ।
 
जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफुलको राम्रो उत्पादन हुदै आएकाले त्यसको उत्पादनलाई बृद्धि गराउदै ,व्यवसायीकरण गराउनका लागि यहाँ आर्थिक वर्ष २०७५ /०७६ बाट १० वर्षे जोन परियोजना शुरु भएको हो । बुलिङ्गटार गाउँपालिकाको १, २,४ र ५ नं. वडा , बौदीकाली गाउँपालिकाको ४ , ५ र ६ नं. वडा , हुप्सेकोट – ५ र गैडाकोट नगरपालिकाको १८ नम्बर वडामा सुन्तला खेती हुँदै आएको छ ।
 
परियोजना अन्तरगत सुन्तलाजातको विरुवमा ५० प्रतिशत, सिचाईका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५० , निशुल्क प्राविधीक सेवा , संकलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरेर कृषकलाई खेतीका लागि प्रेरित गर्ने काम गरिएको छ ।
 
अहिले सुन्तलाको नर्सरी निर्माणको काम समेत भएको छ । सुन्तलाको बीरुवा अन्यत्रबाट ल्याउनुपर्दा बीरुवा मर्ने , लागत महङ्गो पर्ने गरेकाले बौदीकालीमा सुन्तलाको नर्सरी निर्माण समेत गरिएको शर्माले बताउनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win