गृहमन्त्रीमा कास्कीका खगराज सहित प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्धारा सपथ ग्रहण

जेठ २७, कास्की,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग राख्नुभएको छ भने गृहमन्त्रीमा कास्कीका खगराज अधिकारी नियुक्त हुनु भएको छ ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त मन्त्रीपरिषद्मा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट पुन एक मन्त्री थपिनु भएको छ । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्ममा तीन उपप्रधानमन्त्रीसहित १८ मन्त्री र तीन राज्यमन्त्री पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबिच
मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएको हो ।
नव नियुक्त मन्त्रीहरुमा गृह मन्त्रीमा अधिकारी यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पूर्व गृह मन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव रहनुभएको छ ।

यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 22 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 8 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *