+
+
-- Sponsored Ad --

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्दै गएकाे डब्ल्यूएचओकाे निष्कर्ष ।

311 पटक हेरिएको
Clock २०७८ माघ १९, बुधबार १५:२३
-- Sponsored --

१९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताएका छन् ।

मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् ।

र, ‘बीए.२’ सब भेरियन्ट सुरुको ओमिक्रोन भेरियन्ट बीए.१ जस्तै भएको पनि पाभलिनको भनाइ थियो । बीए.२ ले बीए.१ सब भेरियन्टलाई उछिन्न थालेको भए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको उनले बताए ।

पाभलिनले भने, ‘बीए.२ ले उछिन्न थालेका मुलुकमा हेर्ने हो भने अस्पताल भर्ना हुनेको संख्या सोचभन्दा बढी नभएको देखिरहेका छौं ।‘ विद्यमान खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध निकै राम्रो काम गरेको पनि उनको भनाइ थियो ।

‘ओमिक्रोनसहित गम्भीर रोगविरुद्ध खोपले निकै राम्रो सुरक्षा दिएको छ’, पाभलिनले भने, ‘बीए.२ले बीए.१ लाई तीव्र रुपमा प्रतस्थापन गरिरहेको छ, तर थप तथ्य आवश्यक भए पनि यसको असर त्यति ठूलो हुने संभावना छैन ।‘

डेनमार्कसहितका मुलुकमा ओमिक्रोनको ओरिजिनल सब भेरियन्ट बीए.१ लाई बीए.२ ले प्रतिस्थापन गर्न थालेपछि पाभलिनको पछिल्लो भनाइ आएको हो । उनका अनुसार बीए.२ले बीए.१ सब भेरियन्टलाई विश्वभर प्रतिस्थापन गर्न सक्छ ।

यसैबीच, डेनमार्कमा डिसेम्बर र जनवरीमा गरिएको एक अध्ययनले ओमिक्रोनको बीए.१ भन्दा बीए.२ सब भेरियन्ट बढी संक्रामक भएको र यसले खोप लगाएका मानिसलाई समेत संक्रमण गर्न सक्ने देखाउँछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win