+
+
-- Sponsored Ad --

देशभर आंशिकदेखि सामान्य बदली

419 पटक हेरिएको
Clock २०७८ माघ २४, सोमबार ०७:४६
-- Sponsored --

एन सञ्चार, २४ माघ ।।

देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको छ ।

राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईमा बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win