+
+
-- Sponsored Ad --

अटाेचालक हत्या अपडेट : हत्याका मुख्य आरोपित पक्राउ

563 पटक हेरिएको
Clock २०७८ माघ २६, बुधबार २१:४५
-- Sponsored --

नवलपुर  :  नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्याका मुख्य आरोपित  पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेल पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार २० वर्षका भुजेल नेपाल भारत सिमाको काकडभित्ताबाट आज साँझ पक्राउ परेका हुन् ।  पक्राउ परेका आरोपित  भुजेललाई बिहिबार बेलुका सम्म नवलपुर ल्याइसक्ने प्रहरीको तयारी छ ।गिरीको हत्यापछि फरार रहेका उनि विरुद्ध परिवारले किटानी जाहेरी समेत दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नवलपुर प्रहरीको विशेषटोलीले उनलाई पक्राउ गर्न सफल भएको स्रोतले बताएको छ । ५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरि शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा  भेटिएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win