बाँदरले खायाे ३५ लाखको चिनी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारुको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा एक हजार एक सय क्विन्टल चिनी घोटाला भएको विषय सार्वजनिक भयो । 

करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले खाएको बताइएको छ । सो चिनी मिल २६ महिनादेखि बन्द थियो । यो मामिलामा जाँच रिपोर्ट आएपछि गोदाम किपरसहित दुई जनामाथि मुद्दा दर्ता भएको छ ।
 

३० दिनमा करिब ३५ लाख मूल्य पर्ने चिनी बाँदरले खाएको भनेर चिनी मिलले हिसाबमा देखाएको छ । मिलको बही खाताको अडिट रिपोर्टले यो घटना बाहिर ल्याएको हो । यस घटनामा चिनी मिलका प्रबन्धक, लेखा अधिकारीसहित ६ जना दोषी पाइएको छ । 

जाँचपछि यस मामिलामा गोदामका मुख्य किपरसमेत २ जनामाथि जवां थानामा उजुरी दायर गरिएको छ । सो चिनी मिलको गोदाम घरको शटर फुटेको थियो । गोदाम घरको छतबाट पनि पानी चुहिन्थ्यो । बाँदरहरूले चोरेर खाँदा र छतबाट पानी चुहिएर चिनी पग्लिँदा ५२८ क्लिन्टलसम्म चिनी घटेको चिनी मिलका स्टोर किपरले बताएका छन् ।
 

तर अडिट रिपोर्टमा १ हजार १०० क्विन्टल चिनी कम देखाइएको छ । यी चिनी सबै बाँदरले खाएको भनेर उल्लेख गरिएको छ । चिनी मिल रहेको ठाउँमा बाँदरको आतंक अति नै हुने गरेको छ । 

सन् २०२० यता सो चिनी मिलमा चिनीको उत्पादन ठप्प रहेको मिलका सुरक्षा गार्ड र अन्य कर्मचारीले बताएका छन् । तर यति ठुलो परिमाणमा चिनी बाँदरले खान नसक्ने उनीहरूको भनाई छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १४, सोमबार १६:२७
    • 44 views
    वैज्ञानिकहरूले पृथ्वीको गहिराइमा दुई ठूला पहाडहरू फेला पारे ।

    वैज्ञानिकहरूले पृथ्वीको गहिराइमा दुई ठूला पहाडहरू फेला पारेका छन्, जुन सगरमाथाभन्दा १०० गुणा अग्लो रहेको बताइएको छ। यी पहाडहरू पृथ्वीको सतहमा नभई म्यान्टल भनिने पृथ्वीको भित्री तहमा रहेका छन्। यसबारे…

    विस्तृत.....

    • २०८१ माघ ४, शुक्रबार १८:५३
    • 51 views
    विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, विद्वत्ता नष्ट हुन्छ।

    विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्। कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न। महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *