+
+
-- Sponsored Ad --

पाँचथरको यासोक बजारमा भीषण आगलागी

606 पटक हेरिएको
Clock २०७८ फाल्गुन १, आईतवार ०७:२०
-- Sponsored --

एन सञ्चार, फागुन १ ।।

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ।

आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए।

आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ।

आगलागीबाट पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार नै जोखिममा परेको छ। सदरमुकाम फिदिमबाट दुईवटा दमकल आगो नियन्त्रणका लागि पठाएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी तीर्थराज पौडेलले जानकारी दिए। 

सदरमुकामदेखि यासोक बजार करिब २० किलोमिटर दूरीमा पर्छ। आगलागी नियन्त्रणका लागि सदरमुकामदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई पनि परिचालन गरिएको पौडेलले बताए। 

डाँडामा बजार भएको र बजारका घरहरू काठका छन्। जसले गर्दा आगलागीबाट बजार नै जोखिममा परेको वडाध्यक्ष देवेन्द्र लावतीको भनाइ छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win