+
+
-- Sponsored Ad --

आज मौसम सफा रहने

390 पटक हेरिएको
Clock २०७८ फाल्गुन १, आईतवार ०७:३२
-- Sponsored --

एन सञ्चार, फागुन १ ।।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ। मंगलबार भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win