+
+
-- Sponsored Ad --

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०६ पुग्यो, तीन दल थपिए

469 पटक हेरिएको
Clock २०७८ फाल्गुन ५, बिहीबार १८:२२
-- Sponsored --

एन सञ्चार, फागुन ५ ।।

निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ। बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो। 

जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरि तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोजद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। 

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नयाँ दल दर्ता गरिएको हो। 

सरकारले ०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। सोही अनुसार आयोगले अहिले निर्वाचनको तयारी गरिरहेको हाे। स्थानीय तह निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता खुल्ला गरेको छ। 

आयोगले फागुन १५ गतेभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दल दर्ता गर्न आव्हानसमेत गरेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win