0 प्रतिक्रिया
आज मौसम सफा रहने
एन सञ्चार, फाल्गुन ६ ।।
काठमाडौं । देशका अधिकांश स्थानमा आज मौसम सफा रहने भएको छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




