नवलपुरको मध्यविन्दु नगरपालिका ८ भाग्रामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पैतालिस हजार सात सय उनसत्तरी रुपैँया र ४ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको हो । नवलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा मध्यबिन्दु न.पा.–८ बस्ने बर्ष ४० को पुर्ण बहादुर तामाङ, बर्ष ३२ को टेक बहादुर चौधरी, बर्ष ४५ को निर प्रताप चौधरी, बर्ष ३२ को नारायण चौधरी, बर्ष ३४ को जोगेन्द्र महत्तो, बर्ष ३५ को अनिल कुमार चौधरी र बर्ष ३७ को रुप बहादुर गुरुङ रहेका छन् ।