0 प्रतिक्रिया
नवदुर्गा सामुदायिक वनको ११ औ साधारण सभा सम्पन्न ।
एन सन्चार, फागुन १०, नवलपुर : नवदुर्गा सामुदायीक वन उपभोक्ता समुहको ११ आौ वार्षिक साधारण सभा कावासोती २ भाट्टोला स्थित संस्थाको सभाहलमा मंगलवार सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष टकंप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन वहादुर गाहाको प्रमुख आथित्यता रहेको थियो ।
त्यस्तै विशिष्ठ अतिथीहरुमा डिविजन वन कार्यालय कावासोतीका अध्यक्ष मोहनराज काफ्ले, सव डिविजन वन कार्यालयका अध्यक्ष शिशिर लम्साल कावासोती २ का वडाध्यक्ष लक्ष्मि प्रसाद पौडेल, वडा सदस्य झमान सि कानुं, भुमा सिजाली लगायत रहनु भएकाे थियो ।
त्यस्तै अतिथीहरुमा सस्थाका सल्लाहकार सदस्य कृष्ण वहादुर ठाडा, लेखा समिति संयोजक लिला वल्लव डुम्रे ,समिति संयोजक सिवलाल चापागाइ लगायत स्थानिय समाजसेवी वुद्धिजिवी पत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी गाहाले ,वन जंगल मानव जातीको लागी मात्र नभइ सम्पुर्ण प्राणी जगतकै लागी अपरिहार्य चिज रहेकोले यस्को संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुभयो ।
सभाले सस्थाका लागी योगदान पुर्याउने उपभोक्ताहरुलाइ सम्मान समेत गरेको छ ।
सम्मानित हुने उपभोक्ताहरुमा एकल महिला तर्फवाट लक्ष्मि भुषाल,निरा नेपाली, सुमित्रा तामागं, गिता चापागाइ, विष्णुमाया सुनाम, सरिता नेपाली, विष्णुमाया ठाडा, मिनु भुषाल गैरे, धनिसरा कानुगंं, दिलमाया राना ,भिमादेवी काफ्ले त्यस्तै पुर्व समितीका तर्फवाट अध्यक्ष कृष्ण वहादुर ठाडा ,उपाध्यक्ष मधु कुमार थापा, सचिव देवीमाया सारु ,सह सचिव वावुराम ढकाल ,सदस्य मनकला सापकोटा ,दुर्गा सारु ,नुनलाल दर्लामी, स्याम कुमारी ठाडा ,लालमती आले, प्रतिभा पौडेल, घनस्याम भण्डारी ,धर्मराज कुवर ,टेकनाथ चापागाइ सम्मानित हुनुभएको थियो ।
त्यस्तै वृद्धावृद्धातर्फ विनु प्रसाद काफले ,शिवलाल सापकोटा ,जानुका भुषाल ,सेती माया तामागं ,राम प्रसाद अर्याल, इश्वरी गैरेनी ,लोकनाथ भुर्तेल सम्मानित हुनुभएको थियो ।



