म्यानमारका दुई मोडललाई १५ वर्षको जेल सजाय

काठमाडौं : म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ। अश्लिल भिडियो पोस्ट गरेको भन्दै मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई  १५ वर्षको जेल सुनाइएको हो।  उनीहरुलाई संस्कृति र मर्यादालाई हानी पुर्‍याएको आरोप लगाइएको छ।​

उनीहरूले कथित अश्लिल तस्वीर  र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ। सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जन पूर्ण सामाग्रीमा सेन्सर लगाएको छ। 

वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानी पुर्‍याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 155 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 44 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *