+
+
-- Sponsored Ad --

नेपालकै ठूलो २५ सय टन क्षमताको शीतभण्डार चितवनको चनौलीमा सञ्चालन

367 पटक हेरिएको
Clock २०७८ चैत्र १, मंगलवार १३:००
-- Sponsored --

चितवन । चितवन जिल्लाको भरतपुर-१८ चनौलीमा २५ सय मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका कृषक हर्षित भएका छन ।

साथै शीतभण्डार सञ्चालनमा आएपछि सयौँ कृषकको समस्या समेत समाधान हुने भएको छ । सहकारी मोडलमा सञ्चालित सो शीतभण्डार नेपालकै ठूलो र नमुना भएको दावी पनि गरिएको छ ।

चितवन, भरतपुर-२० की मेनका रायमाझीलाई आफ्नो बारीमा उत्पादन भएको तरकारी कुहिएर फाल्नु परेको पीडा छ । त्यतिमात्रै होइन उत्पादन भएको वस्तुले भाउँ नपाउँदा सस्तोमा बिक्री गर्नुपरेको विगत छ । तर अब ती बाध्यताहरु हट्ने भएपछि उहाँ हर्षित हुनुहुन्छ ।

भरतपुर-१८ चनौलीमा १८ करोड रुपैयाँको लागतमा २५ सय मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा आएपछि रायमाझीलगायत सयौँ कृषकको समस्या समाधान हुने भएको हो ।

सहकारी मोडेलमा सञ्चालित चितवन चनौली शीतभण्डार नेपालकै ठूलो भएको दावी गरिएको छ । यसलाई ३ हजार मेट्रिक टन क्षमताको सञ्चालन गर्ने तयारी रहेको र २० करोड रुपैयाँ लागत भेट्ने अध्यक्ष सुर्यमणि पौडेलले बताउनुभयो ।

शीतभण्डारमा अहिले तरकारी, गेडागुडी, बिउँबिजन स्टोर गर्न सकिनेछ । अहिले आलु भण्डार गर्न सुरु भईसकेको छ । चाँडै नै माछामासु समेत भण्डारण गर्न सक्नेगरी योजना अघि बढाईएको हाे । हालसम्म ५४ वटा सहकारी र ९ सय ४९ जना व्यक्तिगत शेयर सदस्य पुगेका छन् ।

कृषक र व्यवसायीका लागि दुईवटा छुट्टा-छुट्टै च्याम्बर बनाइएको छ । तापक्रम व्यवस्थापनका लागि मेसिनसमेत जडान भईसकेकाे शीतभण्डारका सुपरभाईजर क्षेत्रप्रसाद श्रेष्ठले बताउनुभयाे ।

अझैपनि शीतभण्डारका लागि लिफ्ट राख्न, कम्पाउन्ड जाली र मोजायक टायल विच्छाउने लगायतका काम बाँकी रहेको छ । सहकारी विभाग र विभागीय मन्त्रीलाई समेत थप बजेट आवश्यक परेको कागजात पेश गरिएको स्थिति छ ।

तसर्थ चाँडै बजेट निकाशा दिएर यसलाई पूर्णता दिन आवश्यक छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win