+
+
-- Sponsored Ad --

तीन कसुरमा रवि लामिछानेलाई दोषी किटान

173 पटक हेरिएको
Clock २०८१ पुष १, सोमबार १७:५१
-- Sponsored --

पोखरा, पुस १ गते । जिल्ला प्रहरी कार्यालय, कास्कीले लामो अनुसन्धान प्रक्रियापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेमाथि मुद्दा चलाउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।

कास्की प्रहरी प्रमुख एस पी श्याम ओलिका अनुसार सोमबार प्रहरीले आफ्नोतर्फबाट भएको अनुसन्धानको निष्कर्ष,आवश्यक प्रमाण तथा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । रवि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा दोषी भएको जिकिरसहित प्रतिवेदन बुझाएको प्रहरीको भनाइ छ।
 

रवि गएको कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्। पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविसहित ४० जनाविरूद्ध प्रहरीले पूरक अभियोगपत्र अदालतमा दायर गर्नुपर्ने राय सरकारी वकिललाई दिएको छ।

साथै, संगठित अपराधमा मुख्य योजनाकारका रूपमा रविका साथै उनका व्यावसायिक साझेदारहरू जीबी राई, छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई किटान गरिएको छ। सम्पत्ति शुद्धीकरणमा रविले २१ करोडभन्दा बढीको शंकास्पद एवं गैरकानुनी कारोबार गरेको भन्दै मुद्दा चलाउन प्रहरीले राय दिएको राय छ।
 

यसबीचमा रविलाई रुपन्देही, काठमाडौँ, चितवन र वीरगन्ज लगेर पनि बयान लिइएको थियो। रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धान गरिएको हो।

यी पाँचवटा सहकारीबाट करिब ६८ करोड रुपैयाँ गैरकानुनी रुपमा गोरखा मिडियामा परिचालन गरी संगठित तवरले ठगी गरेको प्रहरीको निष्कर्ष छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win