+
+
-- Sponsored Ad --

यातायात कार्यालयको सवारी दर्ता किताब विचौलियाको साथमा भेटियो

300 पटक हेरिएको
Clock २०७८ चैत्र ६, आईतवार १९:०६
-- Sponsored --

६ चैत, काठमाडौं । यातायात कार्यालय, कुसुन्तीको रजिष्टर विचौलियाको साथबाट बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले ठगीको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका विचौलियाको साथबाट यातायात कार्यालयको सवारी दर्ता किताब बरामद भएको हो ।

ललितपुर प्रहरीका एसपी सिद्धिविक्रम शाहका अनुसार यातायात कार्यालयको रजिष्टरसहित विचौलिया मनोज बाँस्तोलालाई आइतबार शंखमुलबाट पक्राउ गरिएको छ ।

‘हुण्डाइको ग्राण्ड आई टेन कार विक्री गरिदिन्छु भनेर पैसा लिएर गाडी नदिएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो’ एसपी शाहले भने, ‘उनले पीडितको नाममा सारिएको ब्लू बुक पनि दिएका थिए, तर गाडी दिएका थिएनन् ।’

यही विषयमा अनुसन्धान गर्दै जाँदा बाँस्तोलासँग सरकारी कागजातहरु नै भेटिएको शाहले बताए । उनका अनुसार उनीसँग बरामद दुई रजिष्टरमा ११०९ र १६९० नम्बर लेखिएको छ । दोस्रो रजिष्टरमा ४५४० देखि ४६७९ सम्म २६ च लेखिएको छ ।

प्रहरीका अनुसार बाँस्तोलाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी छ । अब सरकारी लिखत कीर्तेमा पनि अनुसन्धान हुनेछ । सरकारी रजिष्टर कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

अनलाइनखबरबाट……………..

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win