+
+
-- Sponsored Ad --

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

374 पटक हेरिएको
Clock २०७८ चैत्र १६, बुधबार १२:४६
-- Sponsored --

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो । समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने पुनले जानकारी दिए ।

बैठक दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win