भारतमा आजबाट लोकसभा चुनाव

७ वैशाख, काठमाडौं । भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित  प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात  सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक  पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् ।
पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान छ । यस्तै, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि आजै मतदान हुन्छ ।

पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु-कश्मीर, लक्षद्वीप, पुडुचेरी छन् । कुल …

भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै

एजेन्सी । भारतको आज ७५ औं गणतन्त्र दिवस । यस अवसरमा भारतले आज गणतन्त्र दिवस तथा संविधान दिवस मनाउँदैछ ।
सन् १९५० जनवरी २६ तारिखमा संविधान घोषणा भएको दिनको सम्झनामा भारतले हरेक वर्ष आजको दिन ‘रिपब्लीक डे’ मनाउँदै आएको छ । देशका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसादले २१ तोपको सलामीसहित झन्डा फहराउँदै भारतलाई पूर्ण गणतन्त्र घोषणा गर्नुभएको थियो ।

सन् १९४७, अगष्ट १५ तारिखमा भारत बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । त्यसको साँढे दुई वर्षपछि भारतले नयाँ संविधान घोषणा गर्दै गणतन्त दिवस मनाउन थालेको हो ।

नयाँ दिल्लीमा हुने आजको विशेष समारोहमा फ्रान्सका …

रुसी विमान युक्रेनको सीमा नजिक खस्यो, ७४ जनाको मृत्यु

११ माघ, काठमाडौं । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए ।

उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी …

लोकप्रिय इमरान र सेना समर्थित नवाजको प्रतिस्पर्धा

८ माघ, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्, चुनावी प्रतिस्पर्धाबाट पनि बाहिर छन् । अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डनबाट स्वदेश फर्केर चुनावी अभियानमा जुटेका छन् । र, कतिपय राजनीतिक विश्लेषकहरुको दाबी छ कि अबको प्रधानमन्त्री शरिफ हुने लगभग पक्का छ ।
यसको फैसला ८ फेब्रुअरीमा हुने आम चुनावमा १२ करोड ८५ लाख मतदाताले गर्ने छन् ।

तर पाकिस्तानमा सत्तामा पुग्न मतदाताको भोट मात्र होइन शक्तिशाली सेनाको समर्थन पनि चाहिन्छ भन्ने मान्यता छ । सेनाले शरिफलाई सत्तामा विराजमान गराउन भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ ।

क्रिकेटरबाट नेता बनेका ७१ वर्षीय खान  पनि सन् …

डुंगा पल्टिँदा १६ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा एउटा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ ।
गुजरातको बदोदरामा रहेको हर्नी तालमा भएको दूर्घटनामा १४ जना विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो । पाँच जना बालबालिकालाई भने जिवितै उद्धार गरिएको छ ।

विद्यालयबाट पिकनिक गएको समुह डुंगा दुर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रु बोकेको तथा याुत्रहरुलाई लाइफ ज्याकेट समेत नदिएका कारण घटनामा धेरैले ज्यान गुमाएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारत सरकारले घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारलाई क्षतिपुर्ति दिने घोषणा गरेको छ ।

इजरायलले नेपाली दूतावासलाई बुझायो ५ जनाको शव, छिट्टै नेपाल पठाइने

२८ असोज, काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।
आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको तेल अबिबस्थित नेपाली दूतापवासले जनाएको छ । इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ ।

इजरायलमा प्यालेस्टिनी …

हमासमाथि आक्रमण अझै सशक्त बनाउने इजरायलको घोषणा

एजेन्सी । इजरयाल र हमासबीचको युद्ध जारी रहेकै बेला इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा जमीन, वायु र समुद्रबाट थप आक्रमण गर्ने तयारी गरेको छ
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीका अग्रपंक्तीका सुरक्षाकर्मीहरुलाई इजरायल आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिनुभएको छ । साथै उहाँले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनहरुलाई सो भूमी छोड्न अपिल गर्नुभएको छ । उत्तरी गाजाबाट पलायन हुने क्रममा रहेका सवरीसाधनमाथि इजरायलले गरेको आक्रमणमा थुप्रै बालबालिका र महिलाहरुका मारिएका छन् ।

हमासले गत साता बन्धक बनाएको इजरायली लगायत बिभिन्न देशका १ सय ५० जनाको अवस्था अज्ञात छ । इजरायलमा गत साता …

हमास निमिट्यान्न पार्ने इजरायली प्रतिबद्धता पूरा होला ?

२५ असोज । १८ वर्षअघि गाजा स्ट्रिपबाट पछि हटेको इजरायलले त्यहाँ दुई पटक हमला गरिसकेको छ । कास्ट लिड नाम दिएर उसले पहिलो हमला गरेको थियो ।
सन् २००९ मा १५ दिन स्थलगत रुपमा इजरायलले युद्ध गरेको थियो । यस्तै सन् २०१४ मा ‘प्रोटेक्टिभ एज’ अपरेशन १९ दिनसम्म चलाएको थियो ।

हमासले इजरायल परिधिमा छिरेर बर्बरतापूर्वक हमला गरेपछि इजरायले अहिले तेस्रो पटक गाजामा हमला गरिरहेको छ । प्यालेस्टाइन सशस्त्र समूह हमास विगतको भन्दा बृहत र बर्बर देखिएको छ ।

आफ्ना नागरिक मरेपछि आक्रोशित इजरायलले हवाइ हमला, मिसाइल तथा जलसेनाबाट गाजामा हमला गरिरहेको छ । विगतमा गाजामा …

लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् ।
लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु …

हङकङमा शुक्रबार भएको वर्षा १ सय ४० वर्षयताकै ठूलो

भदौ २३, एजेन्सी : हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षा भएको छ। सन् १९५२ मा शुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन्। वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसन पानीमा डुबेका छन्। विद्यालय बन्द भएका छन्।
जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको विज्ञले बताएका छन्। अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ। अधिकारीका अनुसार हङकङमा बिहीबारदेखि भारी वर्षा भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८।१ मिलिमिटर वर्षा …

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भदौ २३, एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी–२० शिखर सम्मेलनका क्रममा गएराति उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री मोदीले आफूहरूबीच आर्थिक तथा जनसम्बन्धबारे कुराकानी भएको बताएका छन्। उनले बाइडेनसँगको वार्ता अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यता दिन अमेरिकाले समर्थन जनाएको छ। भेटपछि जारी संयुक्त सन्देशमा अमेरिका–भारत रणनीतिक साझेदारी कायम राख्ने सहमति भएको जनाइएको छ।
 

मलेसियाले अष्ट्रेलियामाथि लगाएको गाई भैंसी निर्यातको प्रतिबन्ध हटायो

भदौ २०, एजेन्सी : मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ। उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग एलएसडी लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो। पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक सङ्क्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रुपमा बाँझोपन हुनाका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्युसमेत हुनसक्ने तर मानिसलाई कुनै जोखिम नहुने बताएका छन् । मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध आजदेखि हटाइएको भेटेनरी सेवा विभागले एक विज्ञप्ति निकालेर बताएको छ।
अष्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि …

भारतीय बैंकका गभर्नर दास विश्वकै उत्कृष्ट

भदौ १७, काठमाडौं  : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई०’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा परेका छन् । आरबीआई गभर्नर दासलाई अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।
‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको आरबीआईले एक्स ९ट्वीटर० मार्फत जानकारी गराएको छ । दासपछि स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा …

बाबुले गरे छोरीमाथि चक्कु प्रहार

भदौ १६, एजेन्सी :भारतको उत्तर प्रदेशको बांदामा एक बाबुले आफ्नी नाबालिग छोरीलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। तरकारीमा नुन धेरै भएका कारण आरोपित बाबुले यो कदम उठाएका हुन्। घरधनीले बालिकाको चिच्याएको सुनेर प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरीले ढोका तोडेर गम्भीर अवस्थामा बालिकालाई अस्पताल पुर्याएको थियो। बालिकाको छाती र कम्मरमा चोट लागेको चिकित्सकले बताएका छन्। छिट्टै रिकभर गर्ने प्रयास भइरहेको छ। अर्कोतर्फ प्रहरीले आरोपित बाबुलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ।

चन्द्रयान–३ को सफलता पछि सुर्य तर्फ जाँदै भारत

भदौ १६, एजेन्सी : भारतले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गराएको एक हप्तामै सूर्यको अध्ययनका लागि नयाँ मिसन प्रक्षेपण गर्दैछ। आदित्य एल–वान नाम दिइएको मिसन शनिबार बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटाबाट प्रक्षेपण गर्न लागिएको भारतीय अन्तरिक्ष संगठन इस्रोले जनाएको छ।
यो मिसनले सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ। यो मिसनलाई पीएसएलभी–एक्स एल रकेटबाट प्रक्षेपण गर्न लागिएको र सूर्यबाट १४.८५ करोड किलोमिटर दूरीमा पुगेर तस्विर संकलन गर्ने जनाइएको छ । पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। भारतले पठाउन लागेको आदित्य एल–वान मिसन झण्डै ६१ लाख किलोमिटरको दूरी तय गरेर सूर्य र …

नयाँ नक्साबारे धेरै नबोल्न भारतलाई चिनको चेतावनी

भदौ १४, एजेन्सि : चीनले नयाँ नक्सा जारी गर्दै अरुणाचल प्रदेशलाई आफ्नो भूमिका रूपमा प्रस्तुत गरेपछि भारतले विरोध जनाइरहेको छ । भारतको विरोधसँगै चीनले भारतलाई चेतावनी दिँदै नयाँ नक्साबारे धेरै नबोल्न भनेको छ । २८ अगष्टमा चीनले यस वर्षका लागि मानक नक्सा भन्दै नयाँ नक्सा जारी गरेको थियो । पहिलेजस्तै चीनले यस वर्ष पनि अरुणाचल प्रदेश र अक्साईलाई आफ्नो भूमि भएको दाबी गरेको छ ।
त्यसपछि भारतका विदेशमन्त्री एस जयशंकरले चीनले बेतुक र मूर्ख दाबी गरेको बताएका थिए । जयशंकरले भनेका थिए, ‘चीनको यो पुरानो बानी हो । उसले अर्काको भूमिलाई …

अमेरिकामा हवाई दुर्घटना हुँदा दुई जनाको मृत्यु

भदौ १२, फ्लोरिडा : अमेरिकी राज्य फ्लोरिडामा एक हवाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।
हेलिकप्टर भुईँमा खस्दा ब्रोवार्ड काउन्टी फायर रेस्क्यु क्याप्टेन टेरिसन ज्याक्सन ९४९० र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सोमबार बिहान करिब ८ः४५ बजे पोम्पानो बिच एयरपार्कबाट उडेको हेलिकप्टर …

२० मिनेट जेलमा बिताएर ट्रम्पले जमानत पाए

भदौ ८, एजेन्सी : पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे र त्यहाँ २० मिनेट बिताए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प जमानतमा रिहा भइसकेका छन् । ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् । एटलान्टाको हार्ट्सफिल्ड–ज्याक्सन एयरपोर्टमा आफ्नो निजी विमानमा चढ्नुअघि उनले यो विषय राजनीतिक रूपमा प्रेरित भएको दोहोर्‍याए ।
उनले भने, ‘यहाँ जे भएको छ त्यो न्यायको मजाक हो, मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ ।’ सन् २०२० को चुनावमा पराजयलाई उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो …

एमसीसीका सीईओ र उपाध्यक्ष नेपाल भ्रमणमा गर्ने तयारीमा, १३ भदौसम्म पूर्वतयारी सक्ने घोषणा

८ भदौ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दुई उच्च पदस्थ अधिकारीहरुले नेपाल भ्रमण गर्ने भएका छन् । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको एक उच्च कूटनीतिक स्रोतले बताएकाे छ ।
उपाध्यक्ष अल्फोर्डले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनमा जाने (इन्ट्री इन्टु फोर्स–ईआईएफ) दिनको अवसर पारेर नेपालको भ्रमण गर्ने छन् । सीईओ अल्ब्राइटले भने एमसीसी कार्यान्वयनमा गइसकेपछि आगामी अक्टोबरमा नेपाल भ्रमण गर्ने जानकारी स्रोतले दियो ।

एमसीसीको सञ्चालक समिति अमेरिकी विदेशमन्त्रीको अध्यक्षतामा हुन्छ । सीईओ यसको सञ्चालक समिति सदस्यका अतिरिक्त …

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसर्पण

८ भदौ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।
सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेका हुन् ।  औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको बीबीसीले जनाएको छ ।
जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode