+
+
-- Sponsored Ad --

लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

372 पटक हेरिएको
Clock २०८० भाद्र २८, बिहीबार १२:१९
-- Sponsored --

२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् ।

लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले जनाएको छ ।

बाढीले सबैभन्दा बढी क्षति डेर्ना शहरमा पुगेको छ । त्यहाँ फेला परेका लाशहरुलाई मेसिनको सहायताले ठूलो खाल्डो खनेर एकै ठाउँ गाडिएको छ । बोरा र कम्बलहरुमा बेरिएका शवहरुलाई सामूहिक चिहानमा समाधिस्थ गरिएको हृदयविदारक दृष्य देखिएको बीबीसीले जनाएको छ ।

जनजीवन अस्तव्यस्त भएका कारण क्षतिको विवरण संकलन गर्नसमेत उद्धारकर्तालाई हम्मेहम्मे परेको बीबीसीले जनाएको छ । विवरण संकलनको काम जारी रहेकाले बाढीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win