भारतको चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण
भदौ ७, एजेन्सी :भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।
चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ। श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।
यसैअवसरमा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । उनले बुधबार ट्वीट गर्दै भारतीय …
वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु
भदौ ७, एजेन्सी : रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।
रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ । प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।
वागनर भाडाका …
सन्नी देओलको ऋण अक्षय कुमारले तिर्ने कुराको वास्तविकता
भदौ ६, काठमाण्डौ : बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करोड सम्म पुग्ने भएको छ ।
यसैबीच भारतीय समाचार माध्यममा सन्नी देओलको ऋण तिर्न …
भारतीय सेनाको गाडी दुर्घटना हुँदा नौ जनाको मृत्यु
भदौ ३, एजेन्सी : लद्दाखमा भएको सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ । शनिबार लद्दाखको लेहमा सेनाको सवारी सडकबाट चिप्लेर खाल्डोमा खसेको थियो । दुर्घटनामा सेनाको मृत्युप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
सिरियाले आर्थिक संकटकै विचमा बढाउँदैछ सैनिक कर्मचारीको तलब
साउन ३२, एजेन्सी : सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन्। सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन्।
सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको तलब वृद्धि नवौँ पटक गरिएको छ। त्यसयता देशको अर्थतन्त्रले गम्भीर सङ्कट झेलेको छ। यो निर्णय गर्नुअघि सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलर को बीचमा थियो। यो सिरियाली पाउण्डको बजार मूल्यमा निर्भर गर्दछ।
मङ्गलबार राति सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले …
नेयमारलाई साउदी क्लब अल–हिलालले भित्र्यायो
साउन ३१, एजेन्सी : ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् ।
३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ । ‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् ।
उनी नयाँ सिजनका लागि पीएसजीका नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा थिएनन् । सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा पीएसजी पुगेका नेयमारलाई शनिबार लिग वानमा …
भारतको चन्द्रयान–३ भन्दा, रुसले धेरै पछि प्रक्षेपण गरेको लुना २५, कसरी छिटो पुग्दैछ चन्द्रमामा ?
साउन २७, मस्को रुसले शुक्रबार : आफ्नो चन्द्रमा मिसन लुना–२५ प्रक्षेपण गर्यो। पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाउने यो पहिलो प्रयास हो । रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो । शुक्रबार प्रक्षेपण गरिएको मिसन अन्तर्गत रुसको अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । त्यहाँ पानी हुन सक्ने विश्वास गरिन्छ।
रुसको चन्द्रयान मिसन अघि भारतले जुलाई १४ मा चन्द्रयान–३ प्रक्षेपण गरेको थियो । चन्द्रयान–३ पनि चन्द्रमाको सतहमा अवतरण गर्नेछ । रुसको यो अभियानको प्रतिस्पर्धा चीन र अमेरिकाको चन्द्र मिसनसँग पनि छ ।
अमेरिका र चीनले चन्द्रमाको दक्षिणी …
अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु एक हजार बेपत्ता
साउन २६, एजेन्सी : अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् । हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।
यो घटनालाई गभर्नर ग्रीनले ‘असाधारण’ र ‘दुःखद’ भनेका छन् । उनले यस …
पाकिस्तानका राष्ट्रपतिद्धारा संसद भंग
साउन २५, एजेन्सी : पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो । संसद भंग हुनासाथ मन्त्रिपरिषद पनि भंग भएको छ । यद्यपि अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।
बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र …
कोभिड १९ को नयाँ भेरिएन्ट ‘एरिस’ बेलायतमा भेटियो
रेस्पिरेटरी डाटामार्ट सिस्टमको प्रतिवेदनअनुसार हालसम्म ४ हजारभन्दा बढी परीक्षण गरिसकिएकोमा ५.४ प्रतिशतमा कोभिड–१९ को संक्रमण देखिएको छ। अघिल्लो प्रतिवेदनमा ४ हजारभन्दा बढी परीक्षणमा कोभिडका ३.७ प्रतिशत विरामी थिए।
स्वास्थ्य अधिकारीहरुका अनुसार एरिस भेरिएन्टको साइन्टिफिक नाम EG.5.1 हो र यो ओमिक्रोन भेरिएन्टबाटै उत्परिवर्तन भएर विकसित भएको हो। यो भेरिएन्ट बेलायतमा ३ जुलाईमा पहिलो पटक पुष्टि भएको थियो।
साउन २२, एजेन्सी : बेलायतमा फेरि एक पटक कोरोना संक्रमणको जोखिम बढेको छ। बेलायतको स्वास्थ्य विभागले कोरोनाको नयाँ भेरिएन्ट एरिसको संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त गरेको छ।
युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचएसए) काअनुसार कोरोनाको नयाँ भेरिएन्ट एरिस …
फेसबुकका मालिक जुकरबर्गसँगको फाइट एक्समा लाइभ गर्ने एक्सका प्रमुख मस्कको भनाई
साउन २१, एजेन्सी : एक्स (पहिलेको ट्विटर)का प्रमुख एलन मस्कले मेटाका प्रमुख मार्क जुकरबर्गसँगको फाइट लाइभ गर्ने बताएका छन् ।
आइतबार एक्समा लेख्दै मस्कले भनेका छन्, “जुक र मस्कबीचको फाइट एक्समा लाइभ हुने छ । त्यसबाट भएको आम्दानी भेटेरनहरूका लागि दान हुने छ ।”
यस्तै, मस्कले लड्नकै लागि दिनहुँ तौल उठाइरहेको पनि बताएका छन् । वर्कआउट गर्न समय नभएकाले काम गसँगै वेट लिफ्ट गरिरहेको मस्कले बताएका छन् ।
केही साताअघि मस्कले जुकरबर्गसँग कुस्ती खेल्न तयार रहेको भनेका थिए । जुकरबर्ग लामो समयदेखिका कुस्ती खेलाडी हुन् भने मस्कलाई भने त्यस्तो अनुभव नभएको बताइन्छ ।
चीनको हेबेईमा बाढीमा परि १० जनाको ज्यान गयो
साउन २१, एजेन्सी : चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो ।
बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए ।
चीनमा शुक्रवार आँधीबेहरीको रूपमा …
युक्रेनको रक्तसञ्चार केन्द्रमा रुसको हवाई हमला
साउन २१, एजेन्सी : रुसले उत्तरपूर्वी युक्रेनको रक्तसञ्चार केन्द्रलाई निशाना बनाएपछि कैयौँ मानिसको मृत्यु भएको छ । आक्रमणमा परी दर्जनौँ मानिस घाइते भएका युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका छन् ।
रुसले रक्तसञ्चार केन्द्रमा हवाई बम प्रहार गरेको उनको भनाइ छ । रुसले भने यो आक्रमणबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत आक्रमणबारे जानकारी दिए पनि यो हमलामा कति जनाको ज्यान गएको छ र कति घाइते भएका छन् भन्ने स्पष्ट खुलाएका छैनन् ।
यद्पि सार्वजनिक भएको तस्वीरमा आक्रमणपछि रक्तसञ्चार केन्द्रमा लागेको आगो उद्धारकर्मीहरूले निभाउने प्रयास गरिरहेको देखिन्छ ।
जातीय हिंसाबाट प्रताडित भारतको मणिपुर हिंसामा थप तीनजना मारिए
साउन २०, एजेन्सी : जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गए राति भएको पछिल्लो हिंसामा तीनजनाले ज्यान गुमाएका छन् ।
बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशंका गरेको प्रहरीले अमूल्य जीवन बचाउन नसकेकामा खेद प्रकट गरिएको छ । उक्त जिल्लामा गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो ।
यसैबीच, तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागु गर्न विपक्षीले माग गरेका छन् । राज्यको मन्त्रिपरिषद्ले भने शुक्रबार राज्यपाल अनुसुया उइकेलाई विधानसभाको अधिवेशन यही अगस्ट २१ मा बोलाउन सिफारिस …
पूर्व क्रिकेटर एवं पाकिस्तानि प्रधानमन्त्री इमरान खान पक्राउ
एजेन्सी
साउन २०, ईस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक(ए(इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।
इमरानको पार्टी तेहरिक(ए(इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।
‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई …
भारतको महाराष्ट्रमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १६ मजदुरको मृत्यु
एजेन्सी
साउन १६, काठमाण्डौ : भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा गर्डर मेसिन खस्दा १६ जना मजदुरको मृत्यु भएको छ।
सोमबार अबेर राति भएको उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
ठाणे जिल्लाको शाहपुर नजिक सरलांबेमा समृद्धि एक्सप्रेस हाईवेमा पुल निर्माणको क्रममा एक गर्डर मेसिन खस्दा उक्त दुर्घटना भएको हो।
पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फालम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ। उक्त गर्डर राख्न प्रयोग गरिएको मेसिन खसेको भारतीय प्रहरीले अधिकारीले जनाएका छन् ।
उक्त हाईवेमा रातको समयमा निर्माण कार्य चलिरहेको थियो। भारी तौल भएका कारण गर्डर मेसिनलाई …
नेपाली नर्सलाई बेलायतमा रोजगारी
साउन ५, काठमाण्डौ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।
बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार ९जिटुजी० संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ। आवेदन आज ९शुक्रबार० देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ।
आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ …
राष्ट्र संघको उच्चस्तरीय फोरममा योजना आयोग उपाध्यक्ष श्रेष्ठको सम्बोधन
२ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्बोधन गरेका हुन् ।
यसअघि उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उदुघाटन शत्रमा समेत सहभागी भएका थिए ।
फोरमा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागिता छ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजीहरूको कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताए ।
उनले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न …
भारतले प्रक्षेपण गर्यो मानवरहित चन्द्रयान-३
२९ असार, काठमाडौं । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान-३ प्रक्षेपण गरेको छ ।
दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान-३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो ।
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट-प्राइस एयरोस्पेस’ कार्यक्रम छ जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका छन् ।
यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए ।
चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो …
खुल्यो स्वीडेनको सदस्यताको बाटो, नेटोले जोगायो आफ्नो प्रतिष्ठा
एजेन्सी- उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा स्वीडेनको सदस्यता स्वीकृतिको बाटो खुलेसँगै नेटोले आफ्नो प्रतिष्ठा जोगाएको छ ।
रूसले युक्रेनमा आक्रमण गरेलगत्तै फिनल्याण्ड र स्वीडेनले सदस्यता लागि आवेदन दिएका थिए । फिनल्याण्डको सदस्यता स्वीकृत भएपनि टर्कीको अडानका कारण स्वीडेनको सदस्यता रोकिएको थियो ।
मंगलबार लिथुआनियामा जारी नेटो सम्मेलनमा टर्कीले स्वीडेनलाइ सदस्यता दिनका लागि स्वीकृति दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार टर्कीका राष्ट्रपति रिसेप तइप एड्रोगानलाइ स्वीडेनको सदस्यता स्वीकृतिमा बाधा नपुर्याउन अनुरोध गरेका थिए ।
नेटोका प्रमुख जेनस सोल्टेनवर्गले टर्कीले स्वीडेनलाइ सदस्यता दिनका लागि स्वीकृत दिएको बताएका छन् ।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले …
