कतारले खोल्यो हवाई मार्ग, जनजीवन सामान्य बन्दै
१० असार, काठमाडौं । कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ ।
इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरु त्यहीँ सुतेका थिए । कतिपय जहाजलाई डाइभर्ट गरिएको थियो ।
तर अहिले कतारको अवस्था सामान्य बन्दै गएको र आकाश मार्ग मंगलबार मध्यरातबाट पुन: खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ ।
अमेरिकाले दुई …
इरानले फेरि गर्यो इजरायलमा मिसाइल प्रहार, साइरन बजेपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय
काठमाडौं : इजरायली सेनाले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको पुष्टि गरेको छ। सो प्रहारपछि इजरायलका विभिन्न क्षेत्रहरूमा साइरन बजाइएको छ। साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ।
‘केही समयअघि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको छ। किनकि इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि भएको छ,’आईडीएफको विज्ञप्तिमा भनिएको छ।
हाल इजरायली वायुसेनाले आवश्यक स्थानहरूमा मिसाइल अवरुद्ध गर्न र खतरा न्यूनीकरण गर्न सक्रिय रूपमा कारबाही गरिरहेको छ। यो नयाँ प्रहारले पुनः तनाव चर्किने संकेत दिएको छ।
केही घण्टा अघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने …
४ लाख नेपाली कतारमा इरानद्वारा अमेरिकी एयरबेस लक्षित मिसाइल आक्रमण,
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेको छ । इरानबाट कतारको सनैयामा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरिएको अन्तरार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि अमेरिकी सेनाले उक्त हमलालाई सफलतापूर्वक आकाशमै निष्क्रिय पारेको समाचारहरुमा उल्लेख छ। प्रत्यक्षदर्शीहरुका अनुसार अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै इरानतर्फबाट ५० भन्दा बढी मिसाइल प्रहार भएको थियो ।
करिब ४ लाख नेपाली कार्यरत कतारमा इरानको तर्फबाट मिसाइल प्रहार भएसँगै त्रासको माहोल सिर्जना भएको छ । स्थानीय समय अनुसार सोमबार साँझ करिब ७ः५५ बजे भएको उक्त घटनापछि कतारमा रहेका आफूहरुमा त्रासको वातावरण सिर्जना भएको …
इरान–इजरायल युद्धले बढायो कच्चा तेलको मूल्य, ब्यारेलको ७७ डलर
काठमाडौं । इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको छ ।
इरान र इजरायलबीच युद्धमा अमेरिका पनि मिसिने भएपछि मध्यपूर्वमा त्रास बढेको छ । युद्धका कारण तेलेको आपूर्तिमा प्रभाव पर्न थालको छ ।
विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ । मध्यपूर्वमा युद्ध चर्किएपछि खाडी मुलुकहरूबाट पेट्रोलियम पदार्थ आपूर्ति कम हुने अवस्था आएपछि विश्वबजारमा कच्चा तेलको मूल्य उकालो लागेको हो ।
बिहीबार मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७६.७० डलर पुगेको छ । ब्रेन्ट क्रुडमा ७६.१८ डलरमा कारोबार भएको आयल प्राइस …
अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।
काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १,३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन्।
ट्रम्पले शपथ ग्रहणसँगै अमेरिकामा अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूको सामूहिक निर्वासनको अभियान सुरु गरेका थिए। यस अभियानको एक हिस्सा रूपमा उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
अमेरिकाबाट फर्काउन लागेका आप्रवासीहरूको संख्या सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू छन्। होन्डुरसका २ लाख ६१ हजार …
अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने
१४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले वा उनीहरूको माध्यमबाट लगानी भएको अमेरिकी सहयोग तीन महिनाका लागि रोक्ने निर्णय गरेका थिए ।
अमेरिकाको वैदेशिक सहायताको पुनःमूल्यांकन र पुनर्संयोजनसम्बन्धी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशअनुरुप विदेशमन्त्री रुबियोले वैदेशिक सहायता कार्यक्रहरूको समीक्षा शुरु गरेको पनि विदेश मन्त्रालयले जनाएको छ । यस्ता कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुका साथै अमेरिका पहिलो एजेन्डाअन्तर्गतको अमेरिकी विदेश नीतिसँग मेल …
ट्रम्पमाथि अनुसन्धानमा संलग्न १२ वकिल बर्खास्त
१५ माघ, कावासाेती । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरु पदबाट बर्खास्त भएका छन् ।
सीबीएस न्यूजका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् ।
बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।
जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो । त्यसपछि …
अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान, एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ
कावासाेती । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकाे समाचारसंस्था एएफपीले जनाएको छ ।
इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको उन्ले सामाजिक सञ्जाल एक्समा लेखेका छन । ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताएका थिए ।
आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी …
लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा
काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो ।
वनमा लागेको आगलागीका कारण थप तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।
पाँच जनाको मृत्यु अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीका कारण भएको बीबीसीको समाचारमा उल्लेख छ ।
लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकड जमिनमा फैलिसकेको छ । धेरैतिर फैलिएकाले नियन्त्रणमा आउन सकेको छैन ।
उनले भने, ‘दुर्भाग्यवश पाँच …
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते
कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।
स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।
यूएस जियोलोजिकल …
दक्षिण कोरियामा ६ घण्टा पनि नटिकेको सैनिक शासन
दक्षिण कोरियाली राष्ट्रपति युन सक यलले डिसेम्बर ३ तारिख रातको १०:२५ मिनेट जाँदा टिभीमा विशेष प्रत्यक्ष प्रसारण मार्फत सोही दिन रातिको ११ बजेदेखि दक्षिण कोरियाभर सैनिक कानुन लागु हुने घोषणा गरे । यो समाचारले कोरियाली नागरिक मात्रै होइन, संसारलाई नै आश्चर्यमा पार्यो ।
राष्ट्रपति कार्यालयका धेरै वरिष्ठ कर्मचारीहरूले त्यस्तो तयारीको बारेमा अनविज्ञ रहेको प्रतिक्रिया दिएका थिए । कोरियामा यस्तो कानुन ४४ वर्ष अगाडि अन्तिम पटक लागु भएको थियो ।
मध्यरातमा कोरियाली नागरिकहरू सडकमा उत्रिए । राष्ट्रपतिको घोषणासँगै न्युयोर्क स्टक एक्सचेन्जमा कोरियाली कम्पनीहरूको शेयर निरन्तर ओरालो लाग्यो। कोरियाली मुद्राको मूल्य घट्न सुरु भयो । संसद …
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । योसँगै उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।
ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए भने २०२० को चुनावमा डेमोक्रेट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
यस पटकको चुनावमा ट्रम्पले डेमोक्रेट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरका हुन् । निर्वाचन आयोगले भने आधिकारिक घोषणा गर्न बाँकी छ ।
१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित निश्चित भएको छ । राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । …
लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण
१७ असोज, काठमाडौं । लेबनानको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विस्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ ।
हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा …
इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण
१६ असोज, काठमाडौं । इरानले इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरेको छ ।
धेरै मिसाइललाई इजरायलले आकाशमै निष्कृय पारे पनि केही मिसाइल भने इजरायली भूमिमा खसेका छन् । तर आक्रमणबाट इजरायलमा कति क्षति भयो भन्ने खुलेको छैन ।
इजरायली सेनाका अधिकारीहरुका अनुसार इरानको आक्रमण अहिले भने रोकिएको छ ।
इजरायलको विदेश मन्त्रालयले ट्वीट गरेर मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ । इजरायलका अनुसार यो आक्रमण वेष्टब्यांक क्षेत्रमा भएको एक आक्रमणबाट सडकमा हिँडिरहेका एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ । इजरायलले यसको भिडियो नै सार्वजनिक गरेको छ ।
इजरायलमा यसै …
गाेली लागेका अमेरिकी पुर्व राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज भए ,
३० असार, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहारको घटनापछि पनि चुनावी अभियानलाई जारी राखेका छन् । बीबीसीका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र पुनः चुनावी अभियानमा सक्रिय भएका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट उम्मेदवार जो बाइडन प्रतिस्पर्धामा उत्रिएका छन् ।
पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । उनको कानमा गोली लागेको थियो । उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको र कानमा मात्र गोली लागेर जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन् …
यूपीमा भाजपालाई झट्का, राम मन्दिर रणनीति फ्लप
२२ जेठ, काठमाडौं । भारतमा लोक सभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र विपक्षी कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको रुझानले मत सर्वेक्षणको नतिजा नमिलेको देखिन्छ । विभिन्न टेलिभिजन च्यानल र न्युज एजेन्सीहरुले गरेको मत सर्वेक्षणमा भाजपा नेतृत्वको गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको थियो । यसैगरी विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख थियो ।
तर अहिलेसम्मको रुझानमा एनडीए गठबन्धन ३०० सिटसम्म पनि पुग्न नसक्ने जस्तो देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतको निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार …
भारतमा आजबाट लोकसभा चुनाव
७ वैशाख, काठमाडौं । भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् ।
पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान छ । यस्तै, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि आजै मतदान हुन्छ ।
पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु-कश्मीर, लक्षद्वीप, पुडुचेरी छन् । कुल …
भारतले आज ७५ औं गणतन्त्र दिवस मनाउँदै
एजेन्सी । भारतको आज ७५ औं गणतन्त्र दिवस । यस अवसरमा भारतले आज गणतन्त्र दिवस तथा संविधान दिवस मनाउँदैछ ।
सन् १९५० जनवरी २६ तारिखमा संविधान घोषणा भएको दिनको सम्झनामा भारतले हरेक वर्ष आजको दिन ‘रिपब्लीक डे’ मनाउँदै आएको छ । देशका प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसादले २१ तोपको सलामीसहित झन्डा फहराउँदै भारतलाई पूर्ण गणतन्त्र घोषणा गर्नुभएको थियो ।
सन् १९४७, अगष्ट १५ तारिखमा भारत बेलायतको उपनिवेशबाट मुक्त भएको थियो । त्यसको साँढे दुई वर्षपछि भारतले नयाँ संविधान घोषणा गर्दै गणतन्त दिवस मनाउन थालेको हो ।
नयाँ दिल्लीमा हुने आजको विशेष समारोहमा फ्रान्सका …
रुसी विमान युक्रेनको सीमा नजिक खस्यो, ७४ जनाको मृत्यु
११ माघ, काठमाडौं । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए ।
उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी …
लोकप्रिय इमरान र सेना समर्थित नवाजको प्रतिस्पर्धा
८ माघ, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्, चुनावी प्रतिस्पर्धाबाट पनि बाहिर छन् । अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डनबाट स्वदेश फर्केर चुनावी अभियानमा जुटेका छन् । र, कतिपय राजनीतिक विश्लेषकहरुको दाबी छ कि अबको प्रधानमन्त्री शरिफ हुने लगभग पक्का छ ।
यसको फैसला ८ फेब्रुअरीमा हुने आम चुनावमा १२ करोड ८५ लाख मतदाताले गर्ने छन् ।
तर पाकिस्तानमा सत्तामा पुग्न मतदाताको भोट मात्र होइन शक्तिशाली सेनाको समर्थन पनि चाहिन्छ भन्ने मान्यता छ । सेनाले शरिफलाई सत्तामा विराजमान गराउन भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ ।
क्रिकेटरबाट नेता बनेका ७१ वर्षीय खान पनि सन् …