चीनले प्रक्षेपण गर्‍यो तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेट

चीनले पहिलोपटक अक्सिजन मिश्रित तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेटको सफलतापूर्वक परीक्षण गरेको छ ।
जुलाई १२ बुधबारको दिन चीनको एक निजी कम्पनीले विश्वकै पहिलो मिथेन-लिक्विड अक्सिजन रकेट लञ्च गरेको हो ।
योसँगै चीन मिथेन र तरल अक्सिजनबाट चल्ने रकेट तयार गर्ने पहिलो देश बनेको छ । यस्तो खालको रकेट बनाउने प्रयास अमेरिकाले पनि गरिरहेको थियो तर चीनले सुरुमा बाजी मार्न सफल भयो ।
उत्तर पश्चिम चीनको जियुकुआन स्याटेलाइट सेन्टरबाट बुधबार बिहान ९ बजे रकेट प्रक्षेपण गरिएको हो ।
सो रकेटको नाम जूक्यू टू क्यारिअर रकेट रहेको छ । रकेटले निर्धारित मापदण्ड अनुरुप आफ्ना …

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै

२८ असार, काठमाडौं ।  दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।
नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्नेछन् । लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने स्रोतको भनाइ छ ।
उनी नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । …

बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने महिला टोलीको बिदाइ

२५ असार, काठमाडौं । बंगलादेशसँग हुने दुई वटा मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल  टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा कार्यक्रम गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीलाई जितका लागि शुभकामनासहित बिदाइ गरेका हुन् ।
१९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले जुलाई १३ र १६ तारिखमा बंगलादेशसँग ढाकामा दुई खेल खेल्ने छ ।
गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र बंगलादेशबीच महिला फुटबल हुन लागेको हो ।
साफ फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । यस पटक त्यो हारको बदला लिने …

श्रीलंकाको वित्तीय बजार पाँच दिनसम्म बन्द

११ असार, काठमाडौं । श्रीलंकाको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलंकाका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।
श्रीलंकाले गत वर्षको अप्रिलमा आर्थिक संकट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ ।

एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मङ्गलबार बैठक बस्ने अपेक्षा गरिएको छ ।

केन्द्रीय …

क्यानडामा यात्रुबाहक बसलाई ट्रकले ठक्कर दिँदा १५ जनाको मृत्यु

एजेन्सी । क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु पनि अधिकांश ज्येष्ठ नागरिकहरु रहेको त्यहाँको प्रहरीले जनाएको छ ।
क्यान्बेरी भन्ने स्थानको राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए ।
तर, घाइतेहरुको अवस्था निकै गम्भीर भएकाले हताहती बढी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा रहेका अधिकांश यात्रुहरु ज्येष्ठ नागरिक र त्यसमाथि ह्वीलचेयरमा बस्ने अवस्थाका वृद्धहरु भएको जनाइएको छ ।
कम्तिमा दश जना यात्रु र दुई जना …

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात

१ असार, काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।
बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।

उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको बीबीसीले जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ । दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको …

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु

एजेन्सी । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो ।
त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् ।
दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको बताइएको छ । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् ।
मन्त्री वैष्णवले ट्वीटरमा ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् …

बाख्मत शहर कब्जामा आएको भन्दै रुसमा उत्सव, जेलेन्स्कीले भने गरे अस्वीकार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरिरहेको बेला उता रुसले भने बाख्मत कब्जा गरेको उपलक्ष्यमा उत्सव मनाइएको छ ।
वागनर समूहले बाख्मतका सवै सडक र बस्तीहरुमा रुसी झण्डा फहराएको निश्चित भएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाकुहरुलाई बधाई दिँदै उत्सवका लागि आह्वान गर्नुभएको हो ।
वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा युक्रेनी सेनाका शव बाहेक अरु कसैको उपस्थिति नरहेको दाबी गरेका छन् ।
आफ्ना लडाकुहरु घर घरमा पुगेको भन्दै उनले एक जना पनि युक्रेनी सैनिक वा लडाकु त्यहाँ फेला नपारेको बताएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने …

फुटबल स्टेडियममा भिडमा किचिएर १२ जनाको मृत्यु

७ जेठ, काठमाडौं । एल साल्भाडोरस्थित एक फुटबल स्टेडियममा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । स्थानीय टिम अलिआन्जा र फासबीच कसकटल्याण्ड स्टेडियममा प्रतिस्पर्धा भइरहेको बेला समर्थकहरुबीचको ठेलमठेलले उक्त दुर्घटना भएको हो ।
गेटहरु बन्द भएपछि पनि ठूलो संख्यामा फुटबल समर्थकहरु रंगशालामा प्रवेश गर्न खोज्दा भिडमा किचिएर १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । लगत्तै खेल स्थगित गरिएको थियो ।

राष्ट्रपति नायब बुकेले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान सुरु गर्ने बताएका छन् ।

कसैले नक्कली टिकट बेचेको र सोही टिकटमार्फत् भित्र प्रवेश गर्न खोजेका समर्थकलाई सुरक्षाकर्मीले रोक्न खोज्दा उक्त घटना भएको …

एलन मस्कको स्टारशिप रकेट परीक्षणको क्रममा विष्फोट

८ वैशाख, काठमाडौं । अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।
हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विष्फोट भएको हो ।

यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो ।

उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो ।

यसअघि गत सोमबार यही यान …

जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण, पाँच जनाको मृत्यु

८ वैशाख, काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो ।
यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो ।

यो घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए ।

आक्रमणमा …

रुस–युक्रेन युद्धको वार्षिकी : नेपालसहित १४१ देशले गरे रुसको भर्त्सना

१२ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमण रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको छ ।
यो प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिए । रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावको विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज एक वर्ष पूरा भएको छ । यही युद्धको वार्षिकीत्सवको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गरेको छ । महासभाले लडाइँ रोकेर विनाशर्त युक्रेनबाट रुसी सेना …

गोली चल्दा १० को मृत्यु

८ माघ, काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो ।

गोली हान्ने फरार छन् र उनले गोली हान्नुको कारण खुलेको छैन ।

अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् ।
गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

एक सातामा १३ हजार जनाको मृत्यु

एजेन्सी । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ ।
गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको …

६० वर्षयता पहिलो पटक घट्यो चीनको जनसंख्या

६ माघ, काठमाडौं । ६० वर्षयता पहिलो पटक चीनको जनसंख्या घटेको छ ।
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक विकास विभागले निकालेका विश्वको जनसंख्या सम्बन्धी प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ को जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड १८ लाख भन्दा बढी थियो ।

चीनमा गतवर्ष अर्थात सन् २०२२ मा जन्मने व्यक्तिको संख्या भन्दा मृत्यु हुने व्यक्तिको संख्या धेरै रह्यो । एक जना चिनियाँ अधिकारीले अब चीनको जनसंख्या घट्ने क्रम सुरु भएको बताएका छन् ।

सन् १९७९ मा एउटा बच्चा मात्र जन्माउन …

अफगानिस्तानमा पूर्वमहिला सांसद मुर्सलको हत्या

एजेन्सी । अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ ।
राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो । नाबिजादाको घरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले उनको अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् ।

घटना भए लगत्तै अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् । अफगानिस्तानका लागि सांसद रहेका नाबिजादालाई तालिवान सरकारले सन् २०२१ मा पदच्यूत गरेको थियो । तालिवान सरकारले पदच्यूत गरेका अधिकांश महिला सांसदहरुले …

चीनमा १ महिनामा ६० हजार कोरोना संक्रमितकाे मृत्यु

एजेन्सी । चीनमा पछिल्लो १ महिनामा कोरोना संक्रमणका कारण ६० हजार मानिसको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ ।
शून्य कोभिड-१९ काे नीति त्यागेपछि संक्रमणको चपेटामा परेको चीनमा गत डिसेम्बर ८ देखि जनवरी १२ को अवधिमा ५९ हजार ९ सय ३८ जनाको मृत्यु भएको जानकारी त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगको चिकित्सा मामिला प्रमुख चियाओ याहुईले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । त्यस मध्ये साढे ५ हजारको कोराेना संक्रमणपछि श्वासप्रश्वास समस्याले मृत्यु भएकाे छ ।

अरु पहिलादेखि नै जटिल रोगको सामना गरिरहेकाहरु रहेको जियाओको भनाइ थियो । कोरोनाको पहिलो पहिचान …

चीनको हेनान प्राप्तमा ९० प्रतिशत मानिस काेरोना संक्रमित

एजेन्सी । चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोराेना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् ।
स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस काेराेना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् । गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोराेना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ ।

सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोराेना संक्रमण दर बढेको हो । चीनले ३ वर्षपछि पहिलो पटक गत आइतबारदेखि …

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

२५ पुस, काठमाडौं । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको …

पेरुमा एक महिने संकटकाल घोषणा

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ ।
महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।

त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गर्नुभएको हो ।

सडक अवरुद्ध गर्ने अथवा तोडफोड गर्ने क्रियाकलाप भए कर्फ्यु लगाउने र कठोर कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।
सशस्त्र सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई देशव्यापी रुपमा स्थितिलाई नियन्त्रणमा राख्ने अधिकार दिइएको पनि त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
न्यायाधीशले पूर्व राष्ट्रपति क्यास्तिलोलाई …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode