जिल्ला बाल क्लव नवलपरासी पूर्वले बाल दिवस विशेष कार्यक्रम नगर्ने ।
एन. सन्चार, कावासाेती । जिल्ला बाल क्लव नवलपरासी वर्दघाट सुस्तापूर्व ले एक विज्ञप्ती जारी गर्दै प्रत्येक वर्ष भाद्र २९ गतेका दिन राष्ट्रिय वाल दिवसको अवसर पारी गरिने कनै पनि वाल दिवसका औपचारीक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
वालवालिकाको अधिकार र उज्ज्वल भविष्यप्रति संकल्पवद्ध हुने दिनमै देशभर गुञ्जिरहेको Gen-Z आन्दोलनमा सहभागी भएका विद्यार्थी जीवनको असामयिक निधनले हामीलाइ गहिरो पीडा दिएको छ उक्त आन्दोलमा ज्यान गुमाउनुहुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।
बाकी विज्ञप्ती जस्ताकाे त्यस्तैः
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की
काठमाडौँ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको …
अत्यावश्यक सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक
काठमाडौँ । जेनजी आन्दोलनका कारण असहज बनेको सेवा सुचारु गर्ने विषयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक बस्ने भएको छ ।
विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणको लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
‘अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो,’ काफ्लेले भने ।
प्रधानसेनापति सिग्देल आन्तरिक छलफलमा, आन्दोलनरत जेन्जीसँग वार्ता हुने
काठमाडौं : प्रधानसेनापति अशोक सिग्देल आन्तरिक छलफलमा जुटेका छन्। स्रोतका अनुसार जेन्जीसँग वार्ता गर्नका लागि नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति सिग्देलले आन्तरिक छलफल अघि बढाएका छन्।
उनले विद्यमान परिस्थिति र आगामी रणनीति तय गर्न मुख्यसचिव एकराज अर्याल, गृह सचिव, सेना तथा सुरक्षा निकायका उच्चअधिकारीका बीचमा निरन्तर छलफल गरिरहेका छन् । उनीहरुले जेन्जीसँग पनि वार्ता गर्ने तयारी गरिरहेको स्रोतको भनाई छ। अहिले आन्दोलनरत जेन्जीको समूहका नेतृत्व वार्तामा पुगे/नपुगेको भने खुल्न सकेको छैन।
मंगलबार नै सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। उनले भिडियो वक्तव्य जारी गरेर आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।
‘नेपाल …
बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ
काठमाडौं, २४ भाद्र : आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्।
समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्।
जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका युवाहरूले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौं भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौं।’
उनीहरूले दिउँसो २ बजेसम्म पनि नआए बालेनसँग कुनै सम्बन्ध नरहने बताएका छन्।
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी
२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेको हो ।
उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् । आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।
एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ । आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त छ । ‘प्रदर्शनको प्रभाव …
सञ्चारमन्त्रीको निवासमा प्रदर्शनकारीद्वारा आगजानी
२४ भदौ, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।
आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरले एक प्रहरी अधिकारीले जानकारी दिए ।
१९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार
२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।
प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका …
ट्रमा सेन्टर बाहिर आफन्तको भिड, यी हुन् मृतक र घाइते (नामावलीसहित)
२३ भदौ, काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएका ५५ जना ट्रमा सेन्टरमा उपचारत रहेको खुलेको छ ।
काठमाडौंमा सोमबार भएको प्रदर्शनमा घाइते भएका ७ जनालाई ट्रमा सेन्टरले मृत घोषित गरेको थियो ।
अहिले अस्पतालमा मृतक र घाइतेका आफन्तको भिड लागेको छ । अस्पताल प्रशासनले मृतक र उपचारत घाइतेको नामावली गेटमा टाँसेको छ ।
सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि घाइतेको संख्या २५० नाघेको छ ।
ट्रमा सेन्टरमा मृत्यु भएकाहरूको नामावली :
श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)
सुलभ राज श्रेष्ठ– बाँके …
जेनजी प्रदर्शन(अपडेट) : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते
२३ भदौ, काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन्
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ र केएमसी अस्पतालमा १ जना गरी ९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
ट्रमा सेन्टरमा ४० जनाको उपचार भइरहेकोमा एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। घाइतेमध्ये १५ जनाको स्वास्थ्य अवस्था सामान्य छ। यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १० जना घाइतेको उपचार भइरहेको छ
बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली चलाएको थियो। प्रदर्शनका क्रममा केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध …
उग्र बन्दै Gen-Z प्रदर्सन, ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु
२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ ।
अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।
दिउँसो साढे १२ बजेबाट कर्फ्यू लागेपनि अहिलेसम्म प्रदर्शन रोकिइरहेको छैन ।
अपडेट : प्रहरीकाे गाेली लागेर मृत्यु हुनेकाे संख्या २ पुग्याे ।
काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवकको पनि मृत्यु भएको छ। प्रदर्शनमा घाइते भएका २० वर्षीय युवकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालले जानकारी दिए।
प्रहरीको गोली लागेर गम्भीर अवस्थामा अस्पताल लिएका उनको इमर्जेन्सीमा उपचार हुँदाहुँदै केहीबेर अगाडि मृत्यु भएको हो। उनको परिचय खुल्न नसकेको अस्पताल स्रोतले जनाएको छ।
यसअघि सिभिल अस्पतालमै प्रदर्शनका क्रममा घाइते भएका करिब ४४/४५ वर्षका पुरुषको पनि मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
केही प्रदर्शनकारी संघीय संसद् परिसरभित्र प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा …
जेनजी प्रदर्शन अपडेट : प्रहरीकाे गाेलीबाट १ काे मृत्यु, ७० भन्दा बढि घाइते
काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
आजदेखि स्रोह श्राद्ध शुरु, कुन दिन कस्को श्राद्ध गर्ने ?
कावासाेती। यो वर्षको सोह्र श्राद्ध आज अर्थात भाद्र २३ देखि शुरु भएको छ। सोह्र श्राद्ध श्राद्ध गरेर आफ्ना पितृलाई तृप्त पार्ने समय हो। नेपाल-भारत लगायत हिन्दुहरुको बसोबास रहेको क्षेत्रमा यसको खास महत्व छ।
आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।
आश्विन महिनाको कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ। यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको …
रुबी हत्या प्रकरण अपडेटः आरोपी लक्ष्मणको काठमाडाैमा उपचारकाे क्रममा मृत्यु ।
रौतहट : रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ।
लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसार उनको शरीरका ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो। त्यसपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
आरोपित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।
नियन्त्रण हुन सकेन नवलपुरका खोला–नदीबाट अबैधरूपमा ढुंगा, गिटी-बालुवा चोरी
दीपक भट्टराई। नवलपुर जिल्लाका विभिन्न खोला–नदीबाट खुलेआम ढुंगा, गिटी–बालुवा चोरी निकासी भइरहे पनि नियन्त्रणका लागि जिम्मेवार निकाय मौन देखिएका छन्।
कावासोती नगरपालिकाको केरुङ्गे खोला, हुप्सेकोट गाउँपालिका स्थित गिरीबारी खोला, बिनयी त्रिबेणीको बिनयी खोला र बुलिङटारको कालीगण्डकी नदीमा दैनिक रूपमा ठेक्का वा अनुमति विना नै ट्र्याक्टरमार्फत ढुङ्गा, बालुवा–गिटीको चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीका अनुसार विगत लामो समयदेखि खोला उत्खनन अवैध रूपमा भइरहेको छ। बिहान सबेरैदेखि रातिसम्म ट्र्याक्टर खोला किनारमा पुग्ने गरेको देखिन्छ। यसरी चोरीतस्करी हुने गिटी–बालुवा बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको भए पनि राज्यलाई भने राजस्व शून्य छ।
“दैनिक सयौँ ट्याक्टर …
आफैंलाई जलाउनुअघि पासवानले स्वीकारे रुवीको हत्या
११ भदौ । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् ।
रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।
‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ’ उनले भिडियोमा भनेका छन् ।
उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् …
यस वर्षको तीज शुरु, आज दर खाने दिन
कावासाेती – यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।
विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।
कतै साँझमा अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । धेरै चिल्लो …
नारायणी नदि पुलमा दुर्घटना : एक जनाको मृत्यु
कावासोती । नवलपुरको गैँडाकोटमा रहेको नारायणी नदि पुलमा आईतबार दिउसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईतबार साँझ ५:४० को समयमा भएको दुर्घटनामा गैंडाको-४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको हो ।
नारायणी पुलमा गैंडाकोट बाट नारायणगढ तर्फ जादै गरेको ना१क ५१९९ नं.को अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जादै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरट्रयाक गर्ने क्रम ठक्कर दिएको थियो ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिदां घाईते भएका मोटरसाइकल चालक दाहालको नयाँ मेडिकल कलेज चितवन पुर्याउन साथ चिकित्सकले मृतक घोषणा गरेका नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा …
